2 years ago
June 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका आक्रामक अलराउन्डर कुशल मल्ल आइसिसी विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध उत्कृष्ट क्याचको शिकार हुँदै पेभेलिएन फर्केका छन् ।

जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २४ ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रन बनाएको छ । नेपालका आरिफ शेख १८ र दीपेन्द्र सिंह ऐरी १० रनमा नट आउट छन् ।
कुशल मल्ल २ रनमा वैकल्पिक फिल्डर केसी कार्टीबाट क्याच आउट हुन पुगे । स्पिनर अकील हुसैनको २३ औं ओभरको पहिलो बलमा ठूलो सट खेलको कुशल लङअनमा विश्वस्तरिय क्याच आउटको शिकार हुन पुगेका थिए ।
लङअनमा केसी कार्टीले उत्कृष्ट क्याचका साथ छक्काको बल रोक्दै बाउन्ड्री बाहिर फालेका थिए । भित्रबाट उनले पुन उक्त बल बाहिर फाल्दै उत्कृष्ट क्याचका साथ कुशललाई पेभेलिएनको बाटो देखाएका हुन् ।
त्यसअघि हरारे स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो । वेस्ट इन्डिजका कप्तान शाई होपले १ सय ३२ र निकोलस पुरन १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]