default_image

2 years ago

June 23, 2023

नेपालले वेस्टइन्डिजसँग हार्नुको पाँच प्रमुख कारण

306 views

0 Bookmark

कामाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप छनोटमा बिहीबार चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भयो । जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल २ सय ३८ रनमा अल आउट भयो ।

स्तर अनुसार नेपालको हार अपेक्षित र स्वभाविक थियो । तर टस जितेको नेपालले बलिङमा जुन सुरुवातका गरेको थियो त्यसलाई निरन्तरता दिएको भए विश्व विजेता वेस्ट इन्डिजलाई स्तब्ध पार्दै विश्वमा तहल्का पिट्न सक्थ्यो । तर त्यो दबाब धेरै समय मैदानमा देखाउन सकेन । नेपालले आफैं केहि गल्ती पनि गर्यो ।

ती गल्ती पछि गएर हारको प्रमुख कारण समेत बन्यो । क्रिकेटमा कुनैपनि भर हुँदैन । नेपालको सुरुवातले त्यो देखाएको पनि थियो । वेस्टइन्डिजसँगको खेलबाट नेपालले हार जित भन्दा पनि धेरै कुराहरु सिक्नेछ । जुन आगमी दिनमा धेरै फाइदा मिल्नेछ । नेपालले वेस्ट इन्डिजसँग हार्नुको पाँच प्रमुख कारण भने यस प्रकार छन् ।

५. ठूलो स्कोरको मानसिक दबाब

नेपाललाई वेस्टइन्डिजले ३ सय ४० रनको विशाल लक्ष्य दिएको थियो । नेपालले आफ्नो इतिहासमा २ सय ८६ रन भन्दा ठूलो योगफल नै पूरा गरेको थिएन । त्यो पनि चार महिना अघि टियु क्रिकेट मैदानमा नामिबियाविरुद्ध पूरा गरेको थियो ।

नामिबिया र नेपाल एकै स्तरका टोली हुन् । वेस्टइन्डिजको उत्कृष्ट बलिङ आक्रामण सामु उक्त विशाल लक्ष्य नेपालले ब्याटिङ गर्नु अघि नै हार पक्का बनेको थियो । नेपालले कम योगफलमा रोक्न सकेको भए मानसिक दबाब कम हुन्थ्यो । केहि समय बल डट खेलेर भएपनि पूरा गर्न सक्थ्यो ।

भीम सार्कीको स्कुप सट बोर्डको स्कोर बोर्डको दबाबको एक कारण थियो । सुरुवातमै स्कोर बोर्डको दबाब परेपछि ब्याटरको मनोबल पनि घटेको थियो । नेपाल खेल जित्न भन्दा पनि अन्तिम सम्म खेलेर रनको अन्तर घटाउदै नेट रनरेटमा कम असर पार्न चाहन्थ्यो ।

४.राम्रो सुरुवात गर्न नसक्नु

विशाल लक्ष्य पूरा गर्न ब्याटिङमा सानदार सुरुवात गर्नुपर्छ । पावर प्लेमा नेपालले आक्रामकका साथ विकेट नदिई उत्कृष्ट सुरुवात गरेको भए वेस्ट इन्डिज खेलमा दबाबमा पर्न सक्थ्यो ।

राम्रो लयमा रहेका कुशल भुर्तेल दोस्रो ओभरमै पाँच रनमा बोल्ड आउट भए । भीम सार्की स्कुप खेल्ने धुनमा २ रनमा आउट भए । १२ औं ओभरमा आसिफ शेख सट बलमा २८ रनमा क्याच आउट भए । त्यो समय नेपाल ४८–३ को अवस्थामा पुगेको थियो ।

३ सय ४० रनको लक्ष्य नेपालले मात्रै होईन यस्तो सुरुवातले वेस्टइन्डिजविरुद्ध विश्वका कुनैपनि टोलीलाई भेट्टाउन मुश्किल पर्छ ।

३. बाउन्स र शर्ट बल खेल्न नसक्नु

वेस्टइन्डिजका तीव्र गतिका बलरकोे बाउन्सर र शर्ट बल सामु नेपाली ब्याटर क्रिजमा टिक्न सकेनन् । त्यसैले नेपाली ब्याटरले खराब प्रदर्शन गरेका थिए । किमो पलको सर्ट बलमा आसिफ शेखले स्लिपमा कायल मयर्सलाई क्याच दिए ।

कप्तान रोहित पौडेल होल्डरको बाउन्सर बलमा सम्हाल्लिन नसक्दा डीप फाइन लेगमा वैकल्पिक फिल्डर केसी कार्टीबाट क्याच आउट भए ।

अल्जारी जोशेफको सर्ट बलमा आरिफ शेख निकोलस पुरनबाट थर्डमा क्याच आउट भए । नेपालका सबै ब्याटरले बाउन्स र सर्ट बलमा निकैं संघर्ष गर्नुपर्यो । नेपालको ठूलो कमजोरीको रुपमा देखापर्यो । त्यो नै नेपालको हारको एक कारण बन्यो ।

२. होप र पुरनको साझेदारी समयमै तोड्न नसक्नु

एक समय वेस्टइन्डिज १५.३ ओभरमा ५५–३ को अवस्थामा थियो । यो समय सम्म नेपालले खेलमा वेस्टइन्डिजलाई दबाबमा राखेको थियो । पुरन र शाई होपको विकेट समयमै लिन सकेको खण्डमा नेपालले वेस्टइन्डिजलाई २ सय ५० को आसपासमा रोक्न सक्थ्यो ।

यी दुई ब्याटरपछि होल्डर र रोभम्यान पावेल क्रिजमा आउने थिए । त्यो दबाबमा खेल्न सहज हुने थिएन । दबाबमा सस्तैमा आउट हुनसक्थे । चौथो विकेटका लागि पुरन र होपले २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।

त्यो साझेदारीले नै वेस्टइन्डिजले विशाल योगफल बनाएको थियो । पुरनले १ सय १५ र होपले १ सय ३२ रनको शतकीय इनिङ खेले । नेपालले समयमै उक्त साझेदारी तोडेन सकेको भए सायद नतिजा अर्कै सक्थ्यो ।

१. पुरनलाई दुई जीवनदान

नेपाललाई निकोलस पुरनको दुई क्याच छाड्नु खेलमा ठूलो भारी पर्यो । दुबै क्याच विकेटकिपर आसिफ शेखले छाड्न पुगेका थिए । स्पिनर ललित नारायण राजवंशीको बलमा एज लागेको सहज बल आसिफले ब्यक्तिगत १७ औं ओभरको अन्तिम बलमा क्याच छाडेका थिए ।

करण केसीको ३४ औं ओभरको चौथो बलमा एज लागेको बल आसिफले ५४ रनमा पुन छाड्न पुगेका थिए । त्यसै ओभरमा करणले उत्कृष्ट योर्करका साथ पुरनलाई दबाबमा राखेका थिए । तर नेपालले पुरनलाई दुई जीवनदान दियो ।

त्यो नै ठूलो भारी पर्यो । पुरन वर्तमान समयका विश्व क्रिकेटकै एक उत्कृष्ट फिनिसर हुन् । त्यसैको कारण उनलाई आइपिएलमा यसै सिजन लखनऊ सुपर जायन्ट्सले १६ करोड भारु (२५ लाख नेपाली रुपैयाँ) अक्सनमा खर्चेर किनेको थियो ।

पुरनले नेपालविरुद्ध ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनको शतकीय साझेदारी गरे । कप्तान होपसँग दोहोरो शतकीय साझेदारी गरे । वेस्टइन्डिजबाट वर्तमान टोलीमा सबैभन्दा राम्रो स्पिन खेल्ने पुरनलाइ जीवनदान दिनु हारको प्रमुख कारण बन्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.