2 years ago
June 23, 2023
एजेन्सी – उपाधिको प्रमुख दाबेदार श्रीलंकाले आइसिसी विश्वकप छनोटमा ओमानलाई १० विकेटले हराउँदै सुपर सिक्समा नजिक पुगेको छ । समूह बी मा रहेको श्रीलंकाले लगातार दोस्रो जितका साथ सुपर सिक्स यात्रा सहज बनाएको हो ।

जितको लागि ९९ रनको सामान्य लक्ष्य श्रीलंकाले १५ ओभरमा कुनैविकेट नगुमाई पूरा गर्यो । श्रीलंकाको जितमा दिमुथ करुणारत्ने ५१ बलमा ८ चौकासहित ६१ रनमा नट आउट रहे । पाथमु निसांका ३९ बलमा ५ चौकासहित ३७ रनमा नट आउट रहे ।
त्यसअघि क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमान ३२.२ ओभरमा ९८ रनमा अल आउट भयो । ओमानका आयन खानले ६० बलमा ४ चौकासहित सर्वाधिक ४१ रन बनाए । जतिन्दर सिंह २१ र फैयाज बटले १३ रन बनाए । अन्य कुनैपनि ओमानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले ७.२ ओभरमा २ मेडनसहित १३ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । लाहिरु कुमाराले ८ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ३ विकेट लिए ।
श्रीलंका समूह बी मा २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंकाले आइतबार आयरल्यान्ड र मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । एक खेल जितेको खण्डमा सुपर सिक्समा स्थान बनाउने छ । बाँबी दुबै खेल जितेमा विश्वकपमा पुग्न सहज हुनेछ । पहिलो खेलमा श्रीलंकाले युएईलाई १ सय ७५ रनले हराएको थियो । उक्त खेलमा हसरंगाले ६ विकेट लिएका थिए ।
ओमान ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । ओमान सुपर सिक्समा पुग्न आइतबार स्कटल्यान्डलाई हराउनु पर्ने हुन्छ । अन्यथा नेटरनरेट र अन्य टोलीको नतिजामा भरपर्नेछ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]