2 years ago
June 23, 2023
एजेन्सी – उपाधिको प्रमुख दाबेदार श्रीलंकाले आइसिसी विश्वकप छनोटमा ओमानलाई १० विकेटले हराउँदै सुपर सिक्समा नजिक पुगेको छ । समूह बी मा रहेको श्रीलंकाले लगातार दोस्रो जितका साथ सुपर सिक्स यात्रा सहज बनाएको हो ।

जितको लागि ९९ रनको सामान्य लक्ष्य श्रीलंकाले १५ ओभरमा कुनैविकेट नगुमाई पूरा गर्यो । श्रीलंकाको जितमा दिमुथ करुणारत्ने ५१ बलमा ८ चौकासहित ६१ रनमा नट आउट रहे । पाथमु निसांका ३९ बलमा ५ चौकासहित ३७ रनमा नट आउट रहे ।
त्यसअघि क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमान ३२.२ ओभरमा ९८ रनमा अल आउट भयो । ओमानका आयन खानले ६० बलमा ४ चौकासहित सर्वाधिक ४१ रन बनाए । जतिन्दर सिंह २१ र फैयाज बटले १३ रन बनाए । अन्य कुनैपनि ओमानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले ७.२ ओभरमा २ मेडनसहित १३ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । लाहिरु कुमाराले ८ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ३ विकेट लिए ।
श्रीलंका समूह बी मा २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंकाले आइतबार आयरल्यान्ड र मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । एक खेल जितेको खण्डमा सुपर सिक्समा स्थान बनाउने छ । बाँबी दुबै खेल जितेमा विश्वकपमा पुग्न सहज हुनेछ । पहिलो खेलमा श्रीलंकाले युएईलाई १ सय ७५ रनले हराएको थियो । उक्त खेलमा हसरंगाले ६ विकेट लिएका थिए ।
ओमान ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । ओमान सुपर सिक्समा पुग्न आइतबार स्कटल्यान्डलाई हराउनु पर्ने हुन्छ । अन्यथा नेटरनरेट र अन्य टोलीको नतिजामा भरपर्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]