2 years ago
June 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ मा जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउन बाहेक अन्य कुनै विकल्प छैन । यदि नेपाल पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिने पक्का हुनेछ । तर विजयी भएमा सुपर सिक्समा पुग्ने उच्च सम्भावना हुनेछ । अन्तिम खेलमा नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग पनि हार्नुपर्ने हुन्छ ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो ।
उता नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाललाई हराउँदा नेदरल्यान्ड्स औपचारिक रुपमा सुपर सिक्समा पुग्नेछ ।
यस्तो छ हेड टु हेड :
नेपाल र नेदरल्यान्ड्सले ओडिआईमा पाँच वर्षपछि प्रतिस्पर्धा गर्न थालेका हुन् । नेपालले आफ्नो पहिलो ओडिआई खेल नै नेदरल्यान्ड्सविरुद्ध खेलेको थियो । नेपालले २०१८ अगष्ट १ र ३ मा ऐतिहासिक ओडिआई सिरिज खेलेको थियो । उक्त सिरिज १-१ को बराबरीमा सकिएको थियो । अर्थात दुई खेलमा एकमा जित र एक मा हार छ ।
नेपालले आफ्नो इतिहासकै पहिलो ओडिआई खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो । जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको नेपाल १ सय ३४ रनमा अल आउट भएको थियो । उक्त खेलमा ज्ञानेन्द्र मल्ल ५१, अनिल शाह २१ र दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाएका थिए । त्यस बेलाका फर्द क्लासेन र पाउल भान माक्रेन दुबै तीव्र गतिका बलर काउन्टीको कारण यस पटक टोलीमा छैनन् ।

नेपालका सोमपाल कामीले ३, पारस खड्काले ४, करण, सन्दीप र वसन्तले एक एक विकेट लिएका थिए । दोस्रो खेलमा पारस खड्काले अन्तिम बलमा रन आउट गराउँदै एक रनको रोमान्चक जित दिलाएका थिए । दोस्रो खेलमा पारसले ५१ र सोमपालले ६१ रनको इनिङ खेलेपछि नेपालले २ सय १६ रन बनाएको थियो ।
नेपालका सन्दीपले ३ र ललितले २ विकेट लिएका थिए । तर त्यस बेला र अहिले नेदरल्यान्ड्सको टोलीमा धेरै फरक छ । त्यो बेला खेल्दाका बास डि लिडे, स्कर्ट एड्वार्ड्स र वेस्ली ब्यारेसी मात्रै यस पटक टोलीमा छन् ।
नेपालले आइसिसी विश्वकप लिग–२ खेल्दा नेदरल्यान्ड्सले भने १२ टेस्ट टोलीसँग सुपर लिग खेलेको थियो । त्यसैको कारण यी दुई टोलीको भेट पाँच वर्षपछि ओडिआईमा हुन लागेको हो ।
टि२० आईमा भने नेदरल्यान्ड्स २०२१ मा नेपाल आएर त्रिकोणात्मक टि२० आई सिरिज खेलेको थियो । जसमा नेपाल ३ मध्य २ खेलमा विजयी भएको थियो । नेपालले नेदरल्यान्ड्सँग हालसम्म ९ टि२० आई खेल खेलेको छ । जसमा समान ४ मा जित र हार र १ खेल नतिजा विहीनमा सकिएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]