2 years ago
June 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गन आफ्नो समूह चरण अन्तिम खेलमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ । नेपाललाई समूह ए बाट शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुग्न यस खेल जित्नै पर्ने हुन्छ ।

नेपाल पराजित भएको खण्डमा भने समूह चरणबाटै बाहिरिने पक्का हुनेछ । उता नेदरल्यान्ड्स नेपाललाई हराउँदै सुपर सिक्समा स्थान पक्का गर्न चाहन्छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
अमेरिकालाई ६ विकेटले हराएको थियो । उता नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित हुँदा अमेरिकालाई ५ विकेटले हराएको थियो । नेपाल सुपर सिक्समा पुग्न नेदरल्यान्ड्स अन्तिम खेलमा सोमबार वेस्ट इन्डिजसँग पराजित हुनुपर्ने हुन्छ ।
नेपालले आजको खेलमा टोलीमा कुनै परिवर्तन गर्ने सम्भावना छैन ।
नेपालले फिल्डिङ, पावर प्लेपछि उत्कृष्ट बलिङ, डेथ ओभरको कमजोरी सुधार र उत्कृष्ट ब्याटिङ गर्नुपर्ने हुन्छ । ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट नेपालले ठूलो अपेक्षा गर्नेछ । जिम्बावेविरुद्ध यी दुई जोडीले १ सय ७१ रनको साझेदारी गरेका थिए । त्यस्तै सुरुवात नेदरल्यान्ड्सविरुद्ध चाहन्छ ।

कुशल र आसिफ मध्य एकबाट नेपाल ठूलो इनिङको आशा गर्नेछ । भीम सार्की, रोहित पौडेल र कुशल मल्ल शीर्ष पाँचका ब्याटर हुन् । रोहित र कुशल मल्लले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । दीपेन्द्रसिंह ऐरी लयमा देखिएका छन् । त्यो नेपालको लागि राम्रो संकेत हो । आरिफ शेख, दीपेन्द्र र गुलशन तल्लोक्रमका ब्याटर हुन् ।
नेपालको ब्याटिङमा गहिराई छ । त्यसैले कमजोर सुरुवातपछि पनि राम्रो योगफलमा पुग्न सक्छ । नेपालका प्रमुख बलर सन्दीप लामिछाने तीन खेलमा १ विकेट मात्रै लिएका छन् । सन्दीप आफैंलाई पनि राम्रो प्रदर्शनको दबाब छ । अर्का स्पिनर ललितनारायण राजवंशीले भने राम्रो प्रदर्शन गर्दै आएका छन् ।
सोमपाल कामी आजको खेलमा पनि फिट छैनन् । त्यसैले तीव्र गतिका बलरमा करण केसी र गुलशन झा हुनेछन् । करणले यस प्रतियोगितामा नयाँ बलका साथ सानदार प्रदर्शन गरेका थिए । पार्ट टाइममा आरिफ हुनेछन् । स्पिनरमा दीपेन्द्र र कुशल पार्टटाइम बलर हुनेछन् । डेथ ओभरमा नेपालको बलिङ निकै महत्वपूर्ण हुनेछ ।

यता नेदरल्यान्ड्सका पहिलो रोजाईका बलर फर्द क्लासेन, ब्रेन्डन ग्लोभर, रोलेफ भान मर्वे र पाउल भान माक्रेन इंग्ल्यान्डको घरेलु क्रिकेट काउन्टीको कारण टोलीमा छैनन् । त्यस्तै दुई प्रमुख ब्याटर टम कुपर र कोलिन एकरम्यान पनि काउन्टीको कारण छैनन् ।
तर पनि नेदरल्यान्ड्सले सानदार प्रदर्शन गरेको छ । जिम्बावेसँग ३ सय १५ रन बनाएको थियो । भारतीय मुलका विक्रमजित सिंह र तेजा निडामानिरु राम्रो ब्याटरको रुपमा छन् । यी दुई भारतीय मुलका ब्याटर नेपाललाई निराश बनाउन सक्छन् ।
प्रमुख ब्याटर बास डि लिडे भने काउन्टीबाट खेल्न आएका छन् । प्रमुख अलराउन्डर लिडे नेदरल्यान्ड्सका प्रमुख हतियार हुन् । उनले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शनका साथ जित सहज बनाउन सक्छन् । कप्तान स्कट एड्वार्ड्सले दुबै खेलमा अर्धशतक प्रहार गरेका थिए । उनको प्रदर्शन पनि महत्वपूर्ण हुनेछ ।

३९ वर्षीय वेस्ली ब्यारीले अभ्यास खेलमा नेपालविरुद्ध अर्धशतक प्रहार गरेका थिए । उनले आफ्नो अनुभवको भरपूर्ण फाइदा उठाउन सक्छन् । प्रमुख खेलाडी नभएपनि नेदरल्यान्ड्सको टोली मजबुत छ ।
आक्रामक ब्याटर म्याक्स ओडाउडबाट नेदरल्यान्ड्सले ठूलो अपेक्षा गर्नेछ । उनीमाथि जिम्मेवारी पनि त्यतिनै छ । अभ्यास खेलमा नेपालविरुद्ध पाँच विकेट लिएका लोगन भान बिक नेदरल्यान्ड्सका प्रमुख तीव्र गतिका बलर हुन् । उनलाई रायन केलिनले साथ दिनेछन् । बास डि लिडे तेस्रो तीव्र गतिका बलरको रुपमा खेल्नेछन् । स्पिनरमा शरिज अहमद हुनेछन् ।
हेड टु हेड
नेपाल र नेदरल्यान्ड्सबीच ओडिआईमा दुई खेल भएको छ । नेपाल १ खेलमा जित र १ खेलमा पराजित भएको थियो । नेपालले आफ्नो पहिलो ओडिआई नै २०१८ अगष्ट १ मा खेलेको थियो । उक्त सिरिजपछि ओडिआईमा यी दुई टोली त्यसपछि पहिलो पटक भिड्न लागेका हुन् ।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान) कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी र अर्जुन साउद ।
नेदरल्यान्ड्सको टोली :
स्कट एडवार्ड्स (कप्तान तथा विकेटकिपर), म्याक्स ओडाउड, लोगन भान विक, विक्रमजित सिंह, आर्यन दत्त, भिभियन किंग्मा, बास डि लिडे, नोह क्रोस, रयान क्लेन, तेजा निडामानुरु, वेस्ली व्यारेसी, शरिज अहमद, क्लेटन फ्लोयड, माइकल लिभित र सकिब जुलफिकर ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]