default_image

2 years ago

June 24, 2023

रोहित ५० औं ओडिआई खेल्ने पहिलो नेपाली खेलाडी

611 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल ओडिआईमा ५० औं खेल खेल्ने पहिलो नेपालको खेलाडी बनेका छन् । आइसिसी विश्वकप छनोटमा नेदरल्यान्ड्सविरुद्ध रोहितको ५० औं खेल पूरा भएको हो ।

रोहित ओडिआईमा नेपालबाट ५० औं ओडिआई खेल्ने पहिलो खेलाडी बनेका हुन् । रोहितपछि नेपालबाट सर्वाधिक धेरै दीपेन्द्रसिंह ऐरीको यो ४८ औं र सन्दीप लामिछानेको ४७ औं ओडिआई खेल हो ।

सोमपाल कामीले नेपालबाट ४७ ओडिआई खेल खेलेका छन् । जिम्बावेविरुद्ध घाइते नभएको भए उनले रोहितसँगै ५० औं ओडिआई खेल पूरा गर्ने थिए ।

२० वर्षीय रोहितले नेपालबाट ४९ ओडिआई खेलमा १ शतक र ८ अर्धशतकसहित १४ सय ३ रन बनाएका छन् । उनी नेपालबाट ओडिआईमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन् । उनी नेपालबाट कुनैपनि अन्तर्राष्ट्रिय खेलमा एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले २०२२ मा पपुवा न्युगिनीविरुद्ध १ सय २६ रनको कीर्तिमानी इनिङ खेलेका थिए ।

रोहित गतवर्ष नेपालको कप्तान बनेका थिए । उनले २०१८ अगष्ट ३ मा नेदरल्यान्ड्सविरुद्ध नै ओडिआईमा डेब्यू गरेका थिए । नेपालले नेदरल्यान्ड्ससँग टस हारेर पहिला ब्याटिङ गर्दैछ । शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउन नेपालले यस खेल जित्नै पर्ने हुन्छ ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.