2 years ago
June 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ब्याटिङ नचल्दा नेपालले आइसिसी विश्वकप छनोटमा सुपर सिक्समा पुग्न निर्णायक मानिएको खेलमा नेदरल्यान्ड्सलाई १ सय ६८ रनको मध्यम लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४४.३ ओभरमा १ सय ६७ रनमा अल आउट भयो ।
नेपालका कप्तान रोहित पौडेलले ५५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३३ रनको योगदान दिए । अन्तिम विकेटको रुपमा आउट भएका सन्दीपले ३३ बलमा ४ चौकासहित २७ रन बनाए ।
अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेदरल्यान्ड्सको शर्ट बल सामु नेपाली ब्याटर निरिह जस्तै बनेपछि जित्नै पर्ने खेलमा खराब ब्याटिङ गरेको हो । नेपालले ओपनर आसिफ शेखलाई सुरुवातमै शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर लोगन भान बिकको तेस्रो ओभरको दोस्रो बलमा आसिफ इन साइट एज लागेर बोल्ड हुन पुगे ।
कुशल भुर्तेल ४२ बलमा २ चौकासहित २७ रनमा आउट भए । तीव्र गतिका बलर विक्रमजित सिंहको १४ औं ओभरको पाँचौं बलमा कट खेल्ने धुनमा कुशल विकेटकिपर स्कर्ट एड्वार्ड्सबाट समातिन पुगे । कुशल आउट हुँदा नेपाल १४.५ ओभरमा ४६–२ को अवस्थामा थियो । कुशल र भीमले दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । त्यो नै नेपाली ब्याटरले गरेको उच्च साझेदारी बन्यो ।
विक्रमजितकै बलमा आरिफ शेख ६ रनमा बिकबाट क्याच हुँदै पेभेलिएन फके । भीम सार्की ५६ बलमा १ चौकासहित २२ रनमा क्याच आउट भए । भीम स्पिनर क्लेटन फ्लोयडको अफ साइटको बलमा शरिज अहमदबाट क्याच आउट भएका थिए । भीम आउट हुँदा नेपाल १८.१ ओभरमा ६६–४ को अवस्थामा पुगेको थियो ।
पाँचौं विकेटका लागि रोहित र कुशल मल्लले २५ रनको साझेदारी गरेका थिए । कुशल मल्ल स्पिनर आर्यन दत्तको २६ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा मिड अनमा तेजा निडामानुरुले १२ रनमा उत्कृष्ट क्याच लिए । उनले १९ बलमा १ छक्का प्रहार गरे ।
कप्तान रोहित पौडेल पुन सर्ट बलमा आउट भए । तीव्र गतिका बलर भान बीकको ३२ औं ओभरको पाँचौं बलमा सट बलमा पुल खेल्ने धुनमा मिडविकेटमा विक्रमजित सिंहबाट क्याच आउट भए । भान बिकै शट बलमा दीपेन्द्र एज लागेर विकेटकिपरबाट १४ रनमा क्याच आउट भए ।
आठौं विकेटका लागि गुलशन र सन्दीपले ३२ रनको साझेदारी गरेका थिए । गुलशन बास डि लिडेको बलमा विकेटकिपर स्कटबाटै आउट भए । गुलशनले ३१ बलमा १५ रन बनाए । लिडे कै बलमा करण एक रनमा आउट भए ।
नेदरल्यान्ड्सका तीव्र गतिका बलर लोगन भान बीकले ९.३ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ४ विकेट लिए । बास डि लिडे र बिक्रमजित सिंहले समान दुई विकेट लिए ।
नेपाललाई समूह ए बाट शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुग्न यस खेल जित्नै पर्ने हुन्छ । नेपाल पराजित भएको खण्डमा भने समूह चरणबाटै बाहिरिने पक्का हुनेछ । नेपाल विजयी हुँदैमा सुपर सिक्समा पुग्न सक्दैन । उता नेदरल्यान्ड्स अन्तिम खेलमा सोमबार वेस्ट इन्डिजसँग पराजित पनि हुनुपर्छ । तर नेपालले कमजोर ब्याटिङको साथ जितको झिनो आशा मात्रै कायम राखेको छ ।
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डलाई हराउँदै नेदरल्याण्ड्सले जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधि सम्भावना कायमै राखेको छ । नेदरल्याण्ड्सले बिहीवार थाइल्याण्डलाई रोमान्चक खेलमा १ विकेटले हराएको छ । १ सय १० रनको लक्ष्य नेदरल्याण्ड्सले निर्धारित २० ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा फेबे मोल्केबरले सर्वाधिक ३२ रन जोडिन् । उनले […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय स्टोइनिसले टि ट्वान्टी भन्ने खेल्ने छन् । टि ट्वान्टीमा ध्यान केन्द्रित गर्न ओडिआईबाट सन्यास लिएको बताएका छन् । उनले ७१ ओडिआई खेलमा २६.६९ को औसतमा १ हजार ४ सय ९५ रन बनाएका छन् । उनले ओडिआई क्रिकेटमा ४८ विकेट […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सलाउद्दिन खानको ५ विकेट सहयोगमा दशरथ चन्द क्रिकेट एकेडेमीले धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा जित हासिल गरेको छ । बिहीवारको पहिलो खेलमा दशरथले क्रिकेट एक्सिलेन्स सेन्टर(सिइसी) काठमाडौंलाई १६ रनले पराजित गरेको छ । दशरथले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सिइसी १९.४ ओभरमा १ सय ४४ रनमा समेटियो । […]