default_image

2 years ago

June 24, 2023

नेपालले थप दुई खेल खेल्ने

323 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा समूह चरणबाटै बाहिरिए पनि थप दुई खेल खेल्न पाउने भएको छ । नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदै सुपर सिक्समा स्थान बनाउन नसकेपनि नेपालले प्लेअफमा दुई खेल खेल्नेछ ।

प्लेअफ ७ देखी १० औं स्थानको लागि हुनेछ । प्लेअफमा समूह ए को चौथो स्थानमा रहने टोलीले समूह बी को पुछारको टोलीसँग खेल्नेछ । समूह ए को पुछारमा रहने टोलीले समूह बी को चौथो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।


यी दुई खेलको विजेता टोली ७ औं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् । पराजित हुने टोलीले नवौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् । त्यसैले नेपालले प्लेअफमा दुई खेल खेल्ने भएकोछ । प्लेअफको खेलहरु ३० जुलाई देखी ६ जुलाईसम्म हुनेछ । नेपालले अव एक साता विश्राम गर्नेछ ।

समूह ए मा नेपाल ४ खेलमा ३ मा हार १ मा जितकासाथ २ अंक जोड्दै चौथो स्थानमा रहेर बाहिरियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । जिम्बावेसँग ८ विकेट, वेस्ट इन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको हो ।

अमेरिका ३ खेलमा हारका साथ अंक विहीन हुँदै पुछारमा छ । अमेरिकाले अन्तिम खेलमा सोमबार जिम्बावेसँग खेल्नेछ । यदि उक्त खेलमा अमेरिका विजयी भएको खण्डमा नेपाल नेटरनरेटको कारण पुछारमा पुग्नेछ । अमेरिका पराजित भएमा नेपाल चौथो स्थानमा रहेर प्लेअफ खेल्नेछ । अमेरिकाको नेटरनरेट माइनस ०.७८९ छ । नेपालको माइनस १.१७१ छ ।

समूह ए बाट वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् । समूह बीबाट भने सुपर सिक्स पुग्ने तीन टोलीको टुङ्गो लागेको छैन । युएई सुरुवाती तीन खेलमा हारको साथ बाहिरिएको छ । अन्य चार मध्य तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

श्रीलंका २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । स्कटल्यान्ड पनि २ खेलमा ४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । आयरल्यान्ड सुरुवाती दुई खेलमा हारका साथ अंक विहीन हुँदै चौथो स्थानमा छ ।

February 6, 2025

अर्जुन ट्रफी – घोडाघोडी-११ द्वारा डडेलधुरा पराजित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा घोडाघोडी-११ ले सान्त्वना जित हात पारेको छ । सान्त्वना जित निकाल्नेक्रममा घोडाघोडीले फ्रेन्डस युथ क्लब डडेलधुरामाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । डडेलधुराले दिएको १ सय २५ रनको लक्ष्य घोडाघोडी–११ ले १९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । घोडाघोडीलाई जिताउन आयुव चन्दले […]

February 6, 2025

थाइल्याण्डलाई हराएपछि नेदरल्याण्ड्सको उपाधि सम्भावना कायमै

काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डलाई हराउँदै नेदरल्याण्ड्सले जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधि सम्भावना कायमै राखेको छ । नेदरल्याण्ड्सले बिहीवार थाइल्याण्डलाई रोमान्चक खेलमा १ विकेटले हराएको छ । १ सय १० रनको लक्ष्य नेदरल्याण्ड्सले निर्धारित २० ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा फेबे मोल्केबरले सर्वाधिक ३२ रन जोडिन् । उनले […]

February 6, 2025

स्टोइनिसकाे ओडिआई क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय स्टोइनिसले टि ट्वान्टी भन्ने खेल्ने छन् । टि ट्वान्टीमा ध्यान केन्द्रित गर्न ओडिआईबाट सन्यास लिएको बताएका छन् । उनले ७१ ओडिआई खेलमा २६.६९ को औसतमा १ हजार ४ सय ९५ रन बनाएका छन् । उनले ओडिआई क्रिकेटमा ४८ विकेट […]

Success

Thank you for your time.