2 years ago
June 24, 2023
एजेन्सी – चार पटकको विश्वकप विजेता वेस्टइन्डिजले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने सम्भावना निकै कठिन बनेको छ । शनिबार आइसिसी विश्वकप छनोटमा जिम्बावेसँग समूह चरणको खेलमा ३५ रनले पराजित भएसँगै वेस्टइन्डिजको विश्वकप सम्भावना निकै कठिन बनेको छ ।

यदि अन्तिम खेलमा सोमबार नेदरल्यान्ड्सलाई पराजित गर्न सके वेस्टइन्डिजले सुपर सिक्समा २ अंक लगेर जानेछ ।
जिम्बावेले सुपर सिक्समा ४ अंकका साथ जानेछ । जसमा सुपर सिक्समा तीन मध्य दुई खेलमा जित हात पारेको खण्डमा जिम्बावेको ८ अंक हुनेछ ।
तर वेस्टइन्डिज सुपर सिक्समा एक खेलमा पराजित भएमा ६ अंकमा मात्रै पुग्न सक्नेछ । सुपर सिक्समा दुबै टोलीको अंक बराबर भएमा पहिला नम्बर अफ विन गणना गरिन्छ । नम्बर अफ विन सुपर सिक्समा पुग्ने टोलीको मात्रै हेरिन्छ । नम्बर अफ विन पनि बराबर भएमा सुपर सिक्समा पुगेका टोलीबीच नेटरनरेट हेरिनेछ । नेटरनरेट बराबर भएमा भने हेड टु हेड हेरिनेछ ।
समूह बी बाट श्रीलंका, ओमान, स्कटल्यान्ड र आयरल्यान्ड मध्य तीन टोली आउनेछन् । जसमा आयरल्यान्डको सम्भावना निकै कम छ । यो अवस्थामा जिम्बावे श्रीलंकासँग पराजित हुँदा स्कटल्यान्ड र ओमानलाई हराउने लगभग पक्कापक्की देखिन्छ । त्यसैले जिम्बावे ८ अंकमा पुग्नेछ ।
उता समूह बी बाट श्रीलंका पनि ४ अंकका साथ सुपर सिक्समा आउने सम्भावना उच्च छ । यो अवस्थामा श्रीलंकाले सुपर सिक्समा वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स तीनै टोलीलाई हराउँदा १० अंक हुने छ । त्यसैको कारण यस पटकको विश्वकप छनोटमा जिम्बावे र श्रीलंका जाने उच्च सम्भावना देखिएको हो ।
विश्वकप खेल्न वेस्टइन्डिजले सुपर सिक्सका सबै खेल जित्नुपर्ने हुन्छ । त्यो कठिन देखिन्छ । उच्च लयमा रहेको श्रीलंकालाई वेस्टइन्डिजले हराउन सहज भने हुनेछैन । वेस्टइन्डिजका ब्याटर स्पिनरमा संघर्ष गर्दै आएका छन् । श्रीलंकाको टोलीमा वानिन्दु हसरंगा र महेश थिक्सेना जस्ता स्टार स्पिनर छन् । सुपर सिक्समा वेस्टइन्डिजले श्रीलंकासँग हार्दा गुमाउन गुमाउने उच्च सम्भावना देखिन्छ ।
वेस्टइन्डिज सन् १९७५ र १९७९ को विश्वकप तथा २०१२ र २०१६ को टि२० विश्वकप विजेता टोली हो । समूह चरणको खेलमा वेस्टइन्डिजले नेपाललाई १ सय १ रन र अमेरिकालाई ३९ रनले पराजित गरेको थियो ।
सुपर सिक्समा समूह ए बाट जिम्बावे, नेदरल्यान्ड्स र वेस्टइन्डिज पुगेका छन् । नेपाल र अमेरिका समूह चरणबाटै बाहिरिएका छन् । समूह बी मा भने टुङ्गो लाग्न बाँकी छ । युएई भने लगातार तेस्रो हारको साथ बाहिरि सकेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]