default_image

2 years ago

June 25, 2023

नेपाली ब्याटर सर्ट बलविरुद्ध किन संघर्ष गर्छन् ?

317 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा चार मध्य तीन खेलमा हारका साथ समूह चरणबाटै बाहिरियो । आफूभन्दा माथिल्लो स्तरका टोलीविरुद्ध खेल्ने अवसर पाएको नेपालका लागि यो यात्रामा यादगार क्षण पनि रहे । तर समग्रमा ठूला टोलीविरुद्ध कमजोर पक्ष उदांगो भएकै कारण पछि परेको नेपाली टोलीले सर्ट बलविरुद्ध भने निकै संघर्ष गर्नुपर्यो ।

समूह चरणमा नेपालले अमेरिकालाई ६ विकेटले हराउँदा जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदै बाहिरिएको हो । नेपालले जिम्बावेविरुद्ध पहिलो खेलमै २ सय ९० रन बनाउँदै सानदार सुरुवात गरेको थियो । जसमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले १ सय ७१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । त्यो खेलमा बाहेक नेपालले अन्य खेलमा राम्रो प्रदर्शन गर्न सकेन । अझ नेपाल पछिल्ला दुई खेलमा हार्नुको मुख्य कारण सर्ट र बाउन्सर बलविरुद्ध राम्रो खेल्न नसक्नु थियो ।

वेस्टइन्डिज र नेदरल्यान्ड्स दुवै विरुद्ध नेपालको हारको मुख्य कारण नै सर्ट बलमा विकेट गुमाउनु बन्यो । कुनैपनि नेपाली ब्याटरले सर्ट र बाउन्सर बलमा क्रिजमा टिकेर रन बनाउन सकेनन् । विश्वका उत्कृष्ट स्पिनर सिकन्दर राजासामु खुलेर खेल्दा तीव्र गतिका बलरको बाउन्सर सामु निरिह जस्तै बने । त्यसैको कारण वेस्टइन्डिजका अल्जारी जोशेफ, जेसन होल्डर, नेदरल्यान्ड्सका लोगन भान बिक, बास डि लिडे, विक्रमजित सिंह र रायन केलिनले सर्ट बलका साथ आफ्नो टोलीको जित पक्का गराए ।

सर्ट बलको कारण नेपालले दोस्रो रोजाईको बलरका साथ विश्वकप छनोटमा आएको नेदरल्यान्ड्स सामु खुलेर खेल्न सकेन । नेपालको कमजोरीको भरपूर्ण फाइदा उठाउँदै प्रमुख ७ बलर र दुई ब्याटर नभएपनि नेदरल्यान्ड्सले सहजै पराजित गरेको थियो । प्रतियोगिताभर नै सर्ट बलविरुद्ध नेपाली ब्याटर खुलेर खेल्न सकेनन् । नेपाली ब्याटरले सर्ट बल खेल्न नसक्नुका प्रमुख कारण यस प्रकार छन् ।

५. नेपाली ब्याटरको शारीरिक उचाई कम हुनु

क्रिकेटमा शारीरिक उचाईले प्रदर्शनमा धेरै फरक पार्छ । त्यसमा पनि बाउन्स र सर्ट बल छोटो कदका ब्याटरलाई समस्यामा पार्नसक्छ । नेपालका लगभग सबै ब्याटरको शारिरिक उचाई तुलनात्मक रुपमा कम छ । त्यसको कारण विपक्षी बलर हाबी भएका हुन् । अग्ला कदका ब्याटर हुँदा बलरलाई सर्ट बल गर्न सहज हुँदैन । अग्ला कदका बलरले आफ्नो उचाईको फाइदा उठाउँदै नेपाली ब्याटरलाई पूर्ण दबाबमा राख्न सफल रहे ।

४. माथिल्लो स्तरको बलरविरुद्ध खेल्ने अनुभव नहुनु

नेपाली ब्याटरले नेदरल्यान्ड्स र वेस्टइन्डिज जस्ता माथिल्लो स्तरका बलरसँग खेल्न र अभ्यास गर्न पाएका थिएनन् । नेपालले पछिल्लो समय आफ्नै स्तरको टोली स्कटल्यान्ड, नामिबिया, ओमान, युएई, अमेरिका जस्ता देशका बलरको सर्ट बल नेपालले खेल्दै आएका छन् । तर वेस्टइन्डिजसँग नेपालले पहिलो पटक खेलेको थियो ।

समान दुई पटकको एकदिवसीय र टि२० विश्वकप विजेता वेस्टइन्डिजले पहिलो खेलमै नेपाली ब्याटरको कमजोरीको फाइदा उठायो । नेदरल्यान्ड्सले पछिल्लो समय नेपालले भन्दा माथिल्लो स्तरको १२ टेस्ट टोलीसँगै सुपर लिग खेल्दै आएको थियो ।

ओडिआईमा नेदरल्यान्ड्ससँग २०१८ पछि खेलेको थियो । उनीहरुको प्रमुख बलर नभएपनि काउन्टीमा लगातार खेल्दै आएका छन् । एकै पटक ठूला टोलीविरुद्ध खेल्दा पनि नेपाली ब्याटरले संघर्ष गरेका हुन् ।

नेपालले स्पिनर सिकन्दर राजाविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको थियो । त्यसको मुख्य कारण स्पिन पिचमा लगातार खेल्नु हो । अर्कोतर्फ अभ्यासमा सन्दीप, ललित लगायतका स्तरिय स्पिनमा खेलेका हुन्छन् । तर स्पिन जस्तो स्तरिय तीव्र गतिका बलरसँग अभ्यास गरेको हुँदैन । त्यसको असर नतिजामा देखिएको हो ।

३. गति र उचाई भएका तीव्र गतिका बलर नहुनु

नेपाली क्रिकेटमा गति र हाइट भएका तीव्र गतिका बलर छैनन् । त्यसको त्यसको अभ्यास गर्न पाउँदैनन् । सर्टबलमा ब्याटरलाई फसाउन गति हुनुपर्छ । गतिल मात्रै बाउन्स र सर्टमा ब्याटरलाई फसाउन सक्छन् । नेपाली बलरको गति १२५ किमी प्रति घण्टाको आसपास छ । जुन गति विपक्षी ब्याटरले सहजै खेल्न सक्छन् ।

त्यसैले घरेलु क्रिकेटमा बलरहरु सर्टबलको जोखिम लिन चाहदैनन् । अर्कोतर्फ सर्टबलको लागि शारीरिक उचाईले पनि धेरै फाइदा गर्छ । गुलशन झा बाहेक अन्य कुनैपनि नेपाली बलरको शारीरिक उचाई तुलनात्मक रुपमा कम छ । त्यसले गर्दा सर्ट बल गर्न कठिन पर्छ । जेसन होल्डर, जोशेफ र लोगन भान बिंकले सर्ट बल गर्नुको मुख्य कारण उनीहरुको शारीरिक उचाई पनि एक कारण हो ।

प्रशिक्षक मोन्टी देशाईले नेट सेसनमा बलिङ मेसिनको प्रयोगसँगै आफ्नो टोलीमा दुई थ्रो डाउन स्पेसलिस्ट राखेका छन् । दायाँ र बायाँ हाते थ्रो डाउन स्पेसलिस्टले तीव्र गतिमा ब्याटरहरुलाई सर्ट बल र अन्य बलका लागि प्रशिक्षण त गराउँछन् । तर खेलमा फरक भेरिएसन र अनुभवी बलरसामु ब्याटरको संघर्ष जारि छ ।

२. नेपाली मैदान सर्ट र बाउन्सर बल सहयोगी नहुनु

नेपालको टियुलाई छाड्ने हो भने अन्य सबै क्रिकेटका मैदानको पिच सर्ट र बाउन्सर बल सहयोगी छैनन् । यदि बलरले त्यो प्रयास गरे पनि सफल हुन सक्दैनन् । टियु बाहेक नेपालको सबै मैदान र खेल्ने ठाउँमा स्पिनर हाबी हुन्छन् । नेपालले राष्ट्रिय प्रतियोगिता खेलाउने मुलपानी स्पिनरको एक राम्रो उदाहरण हो । जसको कारण सकभर टिम कप्तान पनि स्पिनरमै ध्यान दिन्छन् ।

अर्कोतर्फ विकेट नै नआएपछि बलरहरु पनि त्यो प्रयास गदैनन् । सुस्त गतिको पिचको कारण बलरको गति उल्टै घट्छ । सर्ट र बाउन्सरमा तर्साउन खोज्दा चौका र छक्का खानुपर्छ । सुरुवात देखीनै नेपाली ब्याटरले त्यो पिच र कन्डिसनमा खेल्न पाउँदैनन् । पिचले साथ पनि दिएको हुँदैन ।

बाल्यकाल देखि नै सर्ट बलमा तयारी गर्न पाउँदैनन् । यदि कुनै बलरले त्यो प्रयास गरेपनि विकेट हतपत आउँदैन । विकेट नआउँदा बलरले त्यो जोखिम लिन चाहदैन । त्यो आफैले तयारी पनि गरेको हुँदैन । सानैदेखीनै सर्ट बलको तयारी नहुनु एक प्रमुख कारण हो ।

१. टियुमा छोटो बाउन्ड्री हुनु

नेपालको एकमात्रै अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाउन्ड्री ६० देखी ६५ मिटरको छ । जुन मैदानमा सर्ट बलमा एज लाग्दा पनि सहजै चौका र छक्का हुन जान्छ । त्यसैले टियुमा नेपाली ब्याटरले सर्ट बलमा रन बनाउँदै आएका थिए ।

तर विदेशी भूमिमा ७० मिटरभन्दा बढी बाउन्ड्री हुँदा एज लागेर चौका र छक्का नभएर क्याच आउटको शिकार हुनु परेको हो । अर्कोतर्फ सिनियर टोलीको लागि हुने खेलाडी छनोटमा टियुमा त्यहि समस्या छ । त्यसैले बलरहरु उक्त बलको प्रयास गर्दैनन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.