2 years ago
June 25, 2023
एजेन्सी – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा सुपर सिक्समा पुग्ने ६ टोलीको टुङ्गो लागेको छ । समूह ए बाट नेदरल्यान्ड्स, जिम्बावे र वेस्टइन्डिज सुपर सिक्समा पुगेका छन् । समूह बी बाट श्रीलंका, ओमान र स्कटल्यान्डले सुपर सिक्समा स्थान बनाएका छन् ।

जिम्बावे समूह ए बाट ४ अंकका साथ सुपर सिक्समा जाने पक्का भएकोछ । समूह बी बाट भने मंगलबार श्रीलंका र स्कटल्यान्डबीचको विजेता टोली ४ अंकका साथ सुर सिक्समा जानेछ । सुपर सिक्समा जाने टोलीको आफ्नो समूह चरणको नजिता गणना गरिनेछ ।
जिम्बावेले नेदरल्यान्ड्स र वेस्टइन्डिज दुबैलाई हराएको हुँदा ४ अंकका साथ सुपर सिक्समा पुगेको हो । सुपर सिक्समा आफ्नो समूहबाट जाने टोलीको नतिजा समूह चरणकै गणना हुनेछ । त्यसैले सुपर सिक्समा अर्को समूहबाट आउने टोलीबीच मात्रै प्रतिस्पर्धा हुनेछ । सुपर सिक्सबाट शीर्ष स्थानमा रहने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।
समूह बी बाट श्रीलंका ४ अंकका साथ सुपर सिक्समा आउने सम्भावना छ । त्यसैको कारण जिम्बावे र श्रीलंकाले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने सम्भावना बलियो छ । समूह ए बाट नेपाल र अमेरिका तथा समूह बी बाट आयरल्यान्ड र युएई भने बाहिरिएका छन् । यी चार टोलीले प्लेअफ खेल्नेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]