2 years ago
June 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर सोमपाल कामी आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोटबाट बाहिरिएका छन् । सोमपाल बाहिरिएपछि नेपालले उनको स्थानमा तीव्र गतिका बलर किशोर महतोलाई अन्तिम १५ मा समेट्ने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइससी) ले सोमपाल प्रतियोगिताबाट आधिकारीक रुपमा बाहिरिएको जनाएको छ । किशोर नेपालको टोलीसँगै रहेपनि १५ सदस्य टोलीमा थिएनन् । सोमपाल अन्तिम १५ सदस्य टोलीबाट बाहिरिएपछि उनको स्थान किशोरले लिनेछन् ।
गत आइतबार जिम्बावेसँगको खेलको क्रममा घाइते भएका उनले त्यसपछि खेल्न सकेका थिएनन् । जिम्बावेविरुद्ध ३४ औं ओभरको तेस्रो बलमा जिम्बावेका ब्याटर सन विलियम्सले प्रहार गरेको शट रोक्नेक्रममा उनको दायाँ हातको बुढी औंलामा लाग्न पुगेको थियो । सोमपालको हातको बुढी औलाको साइटमा दुई वटा टाँका लगाईएको थियो । उनको टाँका अझै खुलाईएको छैन ।
किशोर तीव्र गतिको बलिङको लागि चिनिन्छन् । उनले डेथ ओभरमा उच्च प्रदर्शन गर्दै आएका छन् । नेपाल विश्वकप यात्राबाट बाहिरिएको छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको थियो । अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदै समूह ए बाट बाहिरिएको थियो ।
प्लेअफ समूह चरणबाटै बाहिरिने चार टोलीबीच ७ देखी १० औं स्थानको लागि प्रतिस्पर्धा हुनेछ । ३० जुन देखी ६ जुलाई सम्म चल्ने प्रतियोगिताबाट ७ औं देखी १० औं स्थान निर्धारण हुनेछ । प्लेअफमा समूह ए को चौथो स्थानमा रहने टोलीले समूह बी को पुछारको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह ए को पुछारमा रहने टोलीले समूह बी को चौथो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । यी दुई खेल ७ औं स्थानको लागि सेमिफाइनल सरह हुनेछन् । दुबै विजेता टोलीले ७ औं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् । पराजित हुने टोलीले नवौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्लेअफमा अमेरिका, नेपाल, आयरल्यान्ड र युएई छन् । मंगलबार समूह बी को अन्तिम खेलपछि प्लेअफ तालिका निर्धारण हुनेछ । नेपाल प्रतियोगिताबाट बाहिरि सकेको हुँदा खेलमा मौका नपाएका ज्ञानेन्द्र मल्ल, प्रतिश जि.सी, अर्जुन साउद र किशोर महतोलाई नेपालले मौका दिने सम्भावना देखिन्छ ।
February 8, 2025
काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एकसँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]
February 7, 2025
सुमन अधिकारी,बुटवल लुम्बिनी खुकुरी क्लब जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सेमिफाइनल खेलमा शुक्रवार तिरुपति क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै खुकुरीले फाइनलको यात्रा तय गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ३४ रनको बलियो योगफल खडा […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेल शुक्रवार सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिताको सातौं दिन भएको समुह ‘बी’ अन्तर्गत भएको लिग चरणको अन्तिम खेलमा सिवाइसी अत्तरियाले न्यु होराइजन बुटवललाई ७८ रनले हरायो । यो जितसँग अत्तरिया समुह […]