default_image

2 years ago

June 26, 2023

अमेरिका जिम्बावेसँग ३ सय ४ रनले पराजित

336 views

0 Bookmark

एजेन्सी – अमेरिका आइसिसी विश्वकप छनोटमा घरेलु टोली जिम्बावेसँग ३ सय ४ रनको फराकिलो अन्तरले पराजित भएको छ । जिम्बावे समूह ए बाट अपराजित रहँदै ४ अंकका साथ सुपर सिक्समा पुगेको छ ।

सुपर सिक्समा पुगेका आफ्ना समूहका नेदरल्यान्ड्स र वेस्टइन्डिजलाई हराएको हुँदा ४ अंक लगेर जाने भएको हो । जितको लागि ४ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको अमेरिका २५.१ ओभरमा १ सय ४ रनमा अल आउट भयो । यो ओडिआई इतिहासकै दोस्रो सबैभन्दा रन अन्तरले फराकिलो हार हो ।

ओडिआईमा सवैभन्दा ठूलो अन्तरको हार गत जनवरीमा श्रीलंका भारतसँग ३ सय १७ रनको फराकिलो अन्तरले पराजित भएको थियो । त्यो बाहेक अन्य कुनैपनि ओडिआई खेलमा ३ सय रनको हार व्यहोरेका थिएनन् ।

अमेरिकाका अभिषेक पराडकरले ३१ बलमा ३ चौकासहित २४ र जेसी सिंहले २६ बलमा ४ चौकासहित २१ रन बनाए । अन्य कुनैपनि अमेरिकी ब्याटरको प्रदर्शन सम्झन लायक रहेन । स्टिभ टेलर डक, सुशान्त मोदानी ६, मोनांक पटेल ९, आरोन जोन्स ८ र गजानन्द सिंह १३ रनमा आउट भए ।

जिम्बावेका रिचर्ड नगाराव र सिकन्दर राजाले समान दुई विकेट लिए । ब्रान्ड इभान्स, ल्यूक जाेंगवे र रायन बर्लले समान एक विकेट लिए ।

त्यसअघि हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित ५० आभरमा ६ विकेट गुमाउँदै कीर्तिमानी ४ सय ८ रनको योगफल तयार पारेको थियो । यो जिम्बावेले आफ्नो ओडिआई इतिहासमा बनाएको सर्वाधिक ठूलो योगफल हो । यसअघि जिम्बावेको ओडिआईमा सर्वाधिक ठूलो योगफल २००९ मा केन्याविरुद्ध ३ सय ५१ रन थियो ।

जिम्बावेका सन विलियम्सले १ सय १ बलमा २१ चौका र ५ छक्कासहित १ सय ७४ रनको सानदार शतकीय इनिङ खेले । उनको यो करिअरको उत्कृष्ट प्रदर्शन हो । समग्रमा जिम्बावेबाट ओडिआई एकै खेलमा उच्च प्रदर्शन गर्ने तेस्रो खेलाडी हुन्। यसअघि जिम्बावेका चाल्र्स कभेन्टीले २००९ मा बंगलादेशविरुद्ध १ सय ९४ तथा हिमाल्टन मसाकाड्जाले केन्याविरुद्ध १ सय ७८ रनको अविजित इनिङ खेलेका थिए ।

ओपनर जोयलोर्ड गुम्बी १ सय ३ बलमा ५ चौकासहित ७८ र इनोसेन्ट कैया ३२ रनमा आउट भए । तेस्रो विकेटका लागि सिकन्दर राजा र विलियम्सले ८८ रनको आक्रामक साझेदारी गरेका थिए । राजा २७ बलमा ५ चौका र २ छक्कासहित ४८ रनमा आउट भए । रायन बर्ल १६ बलमा ३ चौका र ४ छक्कासहित ४७ रनमा आउट भए । अमेरिकाका अभिषेश पाराडकरले ९ ओभरमा ७८ रन खर्चेर ३ विकेट लिए । जेसी सिंहको नाममा २ विकेट रह्यो ।

जिम्बावेले नेपाललाई ८ विकेट, नेदरल्यान्ड्सलाई ६ विकेट र वेस्टइन्डिजलाई ३५ रनले हराएको थियो । जिम्बावेले सुपर सिक्समा समूह बी का शीर्ष तीन टोली श्रीलंका, स्कटल्यान्ड र ओमानसँग खेल्नेछ । तीन मध्य दुई खेलमा विजयी भएमा आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने उच्च सम्भावना देखिन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.