default_image

2 years ago

June 26, 2023

नेपाल चौथो स्थानमा रहँदै प्लेअफमा

397 views

0 Bookmark

एजेन्सी – नेपाल जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा समूह ए बाट चौथो स्थानमा रहँदै प्लेअफ खेल्ने भएको छ । समूह एको अन्तिम खेलमा अमेरिका जिम्बावेसँग ३ सय ४ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपाल चौथो स्थानमा रहँदै प्लेअफ खेल्ने भएको हो ।

नेपाल ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंकका साथ चौथो स्थानमा रह्यो । नेपाल जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो । त्यस्तै अमेरिकालाई भने ६ विकेटले हराएको थियो । उता अमेरिका ४ खेलमा जित विहीन हुँदै पुछारमा रहेर प्लेअफ खेल्ने भएको छ ।

समूह ए बाट जिम्बावे ४ खेलमा अपराजित रहँदै सुपर सिक्समा पुगेको छ । नेदरल्यान्ड्स र वेस्टइन्डिज पनि सुपर सिक्समा पुगेको छ । यी दुई देशबीचको खेल जारी हुँदा नजितापछि दोस्रो र तेस्रो स्थानमा रहने टोलीको टुङ्गो लाग्नेछ ।

नेपालले प्लेअफमा आयरल्यान्ड र युएई मध्य एक टोलीसँग खेल्नेछ । समूह बी मा आयरल्यान्ड र युएई सुरुवाती तीनै खेलमा हारका साथ चौथो र पुछारमा छन् । मंगलबार यी दुई देशबीचको विजेताले चौथो र पुछारमा रहने टोली निर्धारण गर्नेछ ।

नेपालले समूह बी को पुछारको टोलीसँग २ जुलाईमा खेल्नेछ । नेपाल उक्त खेलमा विजयी भएमा सातौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । पराजित भएमा नवौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । अमेरिकाले ३० जुनमा समूह बी मा चौथो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । विजेता टोलीले सातौं र पराजित हुने टोलीले नवौं स्थानको लागि भिड्नेछन् । प्लेअफ ७ देखी १० स्थान निर्धारण गर्न हुनेछ ।

February 10, 2025

म्याथ्यु बने ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने ब्याटर

एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]

February 10, 2025

विलियम्सनको शतकमा न्युजिल्याण्डको सानदार जित

एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]

February 10, 2025

विवेक अर्जुन ट्रफीका सर्वोत्कृष्ट खेलाडी

धनगढी (हाम्रो खेलकुद)- अर्जुन ट्रफी टोली विजेता सिवाइसी अत्तरियाका विवेक यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। विवेकलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनका साथै १० विकेट लिएका थिए। दोस्रो भएको फ्रेण्डस युथ क्लब डडेल्धुराका कुशल भुर्तेल उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर दुवै चिनिए। उनले ५ खेलमा १ […]

Success

Thank you for your time.