default_image

1 year ago

June 27, 2023

वेस्टइन्डिज पहिलो पटक विश्वकप नखेल्ने उच्च सम्भावना

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकपमा नपुग्ने उच्च सम्भावना छ । समूह चरणको अन्तिम खेलमा वेस्टइन्डिज सुपर ओभरमा नेदरल्यान्ड्ससँग पराजित भएपछि विश्वकप यात्रा निकै कठिन बनेको हो ।

वेस्टइन्डिज समूह ए बाट सुपर सिक्समा अंक विहीन हुँदै पुगेपछि विश्वकप यात्रा निकै कठिन बनेको हो । वेस्टइन्डिज समूह चरणमा ४ खेलमा २ मा जित र २ मा हारका साथ ४ अंकका साथ तेस्रो स्थानमा रहेर सुपर सिक्स खेलेको छ ।

वेस्टइन्डिजले समूह चरणमा नेपाललाई १ सय १ र अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । जिम्बावेसँग ३५ रन र नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको हो । सुपर सिक्समा समूह ए बाट जिम्बावे ४ अंक, नेदरल्यान्ड्स २ र वेस्टइन्डिज अंक विहीन हुँदै जाने भएका छन् ।

वेस्टइन्डिजले हराएका दुबै टोली सुपर सिक्समा नपुगेपछि अंक विहीन हुँदै जानु परेको हो । सुपर सिक्समा वेस्टइन्डिजले समूह चरणबाट आउने श्रीलंका, स्कटल्यान्ड र ओमान तीनै टोलीलाई हराएपनि जम्मा ६ अंक हुन्छ । तर आफ्नो समूह चरणबाट ४ अंक लगेर जाने टोलीले सुपर सिक्समा तीन मध्य दुई खेल जितेको खण्डमा पनि ८ अंक हुन्छ । त्यसैको कारण वेस्ट इन्डिज पहिलो पटक विश्वकपमा पुग्न नसक्ने सम्भावना उच्च छ ।

समूह बी मा श्रीलंका र स्कटल्यान्ड तीनै खेलमा ६–६ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् । मंगलबार यी दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेता ४ अंक र पराजित हुने टोली २ अंकका साथ सुपर सिक्समा आउनेछन् । ओमान भने अंक विहीन हुँदै सुपर सिक्समा आउनेछ । समूह बी बाट स्कटल्यान्ड र श्रीलंका मध्य एक टोली ४ अंकका साथ आउने पक्का छ ।
सन् १९७५ देखी सुरु भएको विश्वकपमा वेस्टइन्डिज सबै प्रतियोगिता खेल्दै आएको छ । १९७५ र १९७९ को सुरुवाती दुई संस्करणको वेस्टइन्डिज च्याम्पियन समेत हो । १९८३ को संस्करणमा उपविजेता बनेको थियो । त्यसपछि भने वेस्टइडिजले विश्वकपको फाइनल खेल्न सकेको छैन । तर सबै संस्करण खेल्दै आएको छ ।

वेस्टइन्डिजले २०१२ र २०१६ मा टि२० विश्वकप जितेको थियो । २०१८ को विश्वकप छनोटमा शीर्ष स्थानमा रहँदै इंग्ल्यान्डमा २०१९ मा विश्वकप खेलेको थियो । तर यस पटक भने सुपर सिक्समा अंक विहीन हुँदै जानु परेपछि निकै कठिन बनेको छ ।

अन्तिम खेलमा वेस्टइन्डिजले निकोलस पुरनको १ सय ४ रनको शतकीय इनिङमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७४ रन बनाएको थियो । नेदरल्यान्ड्सका तेजा निडामानिरु १ सय ११ र अन्तिममा हिरो बनेका लोगन भान बिकले २८ रन जोडेपछि निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ७४ रन बनाएको थियो ।

सुपर ओभरमा जेसन होल्डरलाई बीकले तीन चौका र तीन छक्कासहित कुल ३० रन जोड्दै विश्वकप यात्रा कठिन बनाएका थिए । सुपर ओभरमा जितको लागि ३१ रन चाहिँदा बिकले ५ बलमा ८ रन खर्चेर २ विकेट लिँदै जिताएका थिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.