2 years ago
June 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप छनोटमा समूह चरणको अन्तिम खेलमा अमेरिका घरेलु टोली जिम्बावेसँग ३ सय ४ रनको फराकिलो अन्तरले पराजित भयो । जितको लागि ४ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको अमेरिका १ सय ४ रनमै अल आउट भएको थियो ।

ओडिआई इतिहासमा यो रनको हिसाबमा दोस्रो ठूलो हार थियो । ओडिआई इतिहासकै सबैभन्दा ठूलो हार गत जनवरीमा श्रीलंका भारतसँग ३ सय १७ रनले पराजित भएको थियो । अमेरिका ओडिआईमा सबैभन्दा कम रनमा अल आउट हुने संयुक्त रुपमा दोस्रो टोली हो ।
अमेरिका आइसिसी विश्वकप लिग- २ मा टियु क्रिकेट मैदानमा नेपालसँग ३५ रनमा अल आउट भएको थियो । जिम्बावे श्रीलंकासँग पनि ३५ रनमै अल आउट भएको थियो । यी दुई संयुक्त रुपमा ओडिआईको सबैभन्दा कम योगफल हो ।
बिरामीले थला परेको अमेरिकाको टोलीको विश्वकप छनोटमा प्रदर्शन राम्रो हुन सकेन । अमेरिका वेस्टइन्डिजसँग ३९ रन, नेपालसँग ६ विकेट र नेदरल्यान्ड्ससँग पाँच विकेटले पराजित भएको थियो ।
विरामीको कारण अमेरिकी कप्तान मोनांक पटेलले नेपालसँगको खेल गुमाउन पुगेका थिए । उनको स्थानमा नेपालविरुद्ध आरोन जोन्सले कप्तानी गरेका थिए । रुघाको कारण जिम्बावेविरुद्ध आफ्ना प्रमुख बलर अली खान र सौरभ नेत्रवालकर थिएनन् । त्यसैको फाइदा उठाउँदै जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ४ सय ८ रन बनायो ।

जिम्बावेले आफ्नो ओडिआई इतिहासमा पहिलो पटक ४ सय माथिको योगफल बनाएको थियो । कप्तान सन विलियम्सले १ सय १ बलमा २१ चौका र ५ छक्कासहित १ सय ७४ रनको एक यादगार इनिङ खेले ।
अली खान प्रतिबन्धको कारण नेपाल र वेस्टइन्डिजसँगको खेल गुमाउनु परेको थियो । तर नेदरल्यान्ड्ससँग पूनरागमन गरेका उनी दुई दिनमै बिरामी परेका थिए ।
खेलपछि अमेरिकी कप्तान मोनांक पटेलले आफ्ना सबै खेलाडी बिरामी भएको हुँदा गाह्रो भएको बताएका छन् । ‘पछिल्ला दुई दिनमा एक एक गरि सबैलाई रुघा लागेको छ । हाम्रो मुख्य बलर अली खान र सौरभ नेत्रवालकरलाई पनि रुघा लागेको छ । उनीहरु सुधारको क्रममा छन् । हामीले आगमी केहि दिनमा उनीहरु ठिक हुनेछन् । मलाई लाग्छ हामी उपलब्ध प्लेइङ ११ का साथ उत्कृष्ट क्रिकेट खेल्न सक्षय हुनुपर्छ’, जम्बावेविरुद्ध खेलपछि पटेलले भने ।
अमेरिकाले अव ७ औं देखी १० औं स्थानको लागि प्लेअफमा दुई खेल खेल्नेछ । समूह ए को पुछारमा रहेको अमेरिकाले समूह बी को चौथो स्थानमा रहने टोलीसँग खेल्नेछ । जसमा आयरल्यान्ड र युएई मध्य एक हुनेछन् । उक्त खेलमा विजयी भएमा सातौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।
पराजित भएमा नवौं स्थानको लागि भिड्नेछन् । नेपालले प्लेअफमा समूह बी को पुछारमा रहने आयरल्यान्ड र युएई मध्य एकसँग खेल्नेछ । विजयी भए सातौं र पराजित भए नवौं स्थानको लागि भिड्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]