2 years ago
June 27, 2023
एजेन्सी – अन्तर्राष्ट्रिय खेलकुद परिष्द (आइसिसी) ले विश्वकप २०२३ को खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता ५ अक्टोबर देखी १९ नोभेम्बरसम्म भारतका १० स्थानमा हुनेछ । १० टोली सहभागी प्रतियोगितामा लिगमा एक अर्काले खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

विश्वकपको पहिलो खेलमा ५ अक्टोबरमा अहमदाबादमा इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । २०१९ को विश्वकपमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई सुपर ओभर पनि टाई भएपछि बाउन्ड्री बढी प्रहार गरेको आधारमा उपाधि जितेको थियो । ६ अक्टोबरमा पाकिस्तान र छनोटबाट आउने पहिलो टोलीसँग हैदराबादमा खेल्नेछ ।
भारतले पहिलो खेल ८ अक्टोबरमा अष्ट्रेलियासँग चेन्नईमा खेल्दै सुरुवात गर्नेछ । विश्व क्रिकेटमा सवैभन्दा बढी प्रतीक्षा गरिएको भारत र पाकिस्तानबीचको खेल १५ अक्टोबरमा अहमदाबादमा हुनेछ ।
लिगको अन्तिम खेलमा १२ नोभेम्बरमा अष्ट्रेलिया र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनल १५ नोभेम्बर र दोस्रो १६ नोभेम्बरमा हुनेछ ।
फाइनल १९ नोभेम्बरमा हुनेछ । वर्षा वा कुनै कारण हुन नसके फाइनलको लागि एक दिन रिजर्भ दिन राखिएको छ । फाइनल अहमदाबादमा हुनेछ । विश्वकप भारतको हैदराबाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनऊ, पुणे, बंगलोर, मुम्बई र कोलकातामा हुनेछ । प्रतियोगिता ४६ दिन सम्म चल्नेछ ।
विश्वकप २०२३ को पूर्ण खेल तालिका

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]