2 years ago
June 27, 2023
एजेन्सी – विश्व क्रिकेटका दुई चर्चित टोली पाकिस्तान र भारतबीचको आइसिसी विश्वकप २०२३ को खेल नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुने भएको छ । अन्तर्राष्ट्रिय खेलकुद परिष्द (आइसिसी) ले विश्वकप २०२३ को खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता ५ अक्टोबर देखी १९ नोभेम्बरसम्म भारतका १० स्थानमा हुनेछन् ।
भारत र पाकिस्तानबीचको खेल १५ अक्टोबरमा हुनेछ । विश्वकपमा भारत र पाकिस्तानको खेल सवैभन्दा बढी प्रतीक्षमा रहनेछ । यी दुई देशले आन्तरिक राजनीतिको कारण सिरिज नखेल्ने हुँदा आइसिसी र एसिसीको प्रतियोगिता निकै महत्वपूर्ण रुपमा हेरिन्छ ।
विश्वकप अघि भारत र पाकिस्तानले सेप्टेम्बरमा एसिया कप खेल्नेछन् । एसिया कपमा भारत र पाकिस्तानबीच समूह चरण, सुपर फोर हुँदै फाइनलमा गरि तीन पटक भिड्ने सम्भावना छ । विश्वकपमा पाकिस्तान र भारत उपाधिको दाबेदार टोलीको रुपमा समेत रहनेछन् । विश्वमा सवैभन्दा बढी महत्वका साथ यी दुई देशबीचको खेल हेरिनेछ ।
२०१९ को विश्वकपमा पाकिस्तान भारतसँग डकवर्थ लेविस पद्धतिको आधारमा ८९ रनले पराजित भएको थियो । पाकिस्तानले एकदिवसीय विश्वकप इतिहासमा भारतलाई हराउन सकेको छैन । भारत घरेलु मैदानमा त्यो विरासत निरन्तरता दिन चाहन्छ । उत्कृष्ट तीव्र गतिको बलिङ आक्रामण भएको पाकिस्तान त्यो इतिहास तोड्दै भारतलाई घरेलु मैदानै स्तब्ध पार्ने सोचमा हुनेछ ।
विश्वकपमा भारत र पाकिस्तानबीच कुल ७ खेल भएका छन् । सबै खेलमा भारत विजयी भएको छ । टि२० विश्वकपमा यी दुई देशबीच ७ खेल हुँदा भारत ५ खेलमा विजयी, १ खेलमा हार र १ खेल नतिजा विहीन छ ।
आइसिसीको च्याम्पियन्स ट्रफीमा भने ५ खेलमा भारत २ मा जित र ३ मा हार व्यहोरेको छ । २०१७ मा सम्पन्न च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई १ सय ८० रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।
त्यसपछि भने च्याम्पियन्स ट्रफी नगर्ने आइसिसीले जनाएको थियो । तर २०२५ मा पाकिस्तानदेखी पुन च्याम्पियन्स ट्रफी सुरु हुनेछ । भारत पाकिस्तान जान्छ वा जादैन निकै महत्वपूर्ण रहनेछ ।
आगमी सेप्टेम्बरमा भारत पाकिस्तान नजोने भएपछि उसले खेल्ने सबै खेल श्रीलंकामा हुनेछन् । टि२० विश्वकप २०२१ मा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । टि२० क्रिकेटमा भारतले कुनैपनि टोलीसँग १० विकेटले पराजित भएको पहिलो घटना थियो । २०२२ को टि२० विश्वकपमा भने भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो ।
विश्वकप ४६ दिनसम्म भारतका १० क्रिकेट रंगशालामा चल्नेछन् । कुल ४८ खेल हुनेछन् । १० टोली सहभागी प्रतियोगिता शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् । शीर्ष र चौथो स्थानको टोलीले पहिलो सेमिफाइनल खेल्नेछन् । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले दोस्रो सेमिफाइनल खेल्नेछन् ।
पहिलो सेमिफाइनल १५ नोभेम्बर र दोस्रा १६ नोभेम्बरमा हुनेछ । सेमिफाइनलको भने रिजर्भ डे राखिएको छैन । फाइनल १९ नोभेम्बरमा हुनेछ । विश्वकप भारतको हैदराबाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनऊ, पुणे, बंगलोर, मुम्बई र कोलकातामा हुनेछ ।
July 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) नाम र लोगोको ट्रेडमार्क विवादलाई उद्योग विभागले अन्त्य गरिदिएको छ। जोरा स्पोर्टस म्यानेजमेन्ट प्रा.लिले नेपाल क्रिकेट संघ (क्यान) का विरुद्धमा एनपिएलको र लोगो नामक ट्रेडमार्कको नक्कल गरी अनाधिकृत प्रयोग गरेको भन्दै उद्योग विभागमा उजुरी गरेको थियो । विभागले असार २४ गते उजुरीकर्ताको उजुरी दाबी नपुग्ने ठहरी निर्णय गरेको […]
July 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सातौं मेयर कप सप्तरी प्राइड लिग (एसपिएल) को सेमिफाइनल समीकरण पूरा भएको छ। सप्तरीको राजविराजमा जारी एसपिएलको मंगलवारको नतिजापछि सेमिफाइनल समीकरण पूरा भएको छ। आजको खेल जित्दै कन्चनरुप राइनोज समूह ‘ए’ को तथा खडक वारियर्स समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम चारमा पुगेका हुन्। पबी स्कुलमा भएको पहिलो खेलमा हनुमाननगर हिरोजलाई […]
July 15, 2025
एजेन्सी – दक्षिण अफ्रिकाले घरेलु टोली जिम्बाब्वेलाई त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा पराजित गरेको छ । जिम्बाब्वेको हारारे स्पोर्टस क्लबमा सोमवार भएको खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी भयो । सिरिजमा न्युजिल्याण्ड पनि सहभागी छ । १ सय ४२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाको […]