default_image

2 years ago

June 27, 2023

विश्वकपमा भारत र पाकिस्तानको खेल नरेन्द्र मोदी रंगाशालामा हुने

321 views

0 Bookmark

एजेन्सी – विश्व क्रिकेटका दुई चर्चित टोली पाकिस्तान र भारतबीचको आइसिसी विश्वकप २०२३ को खेल नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुने भएको छ । अन्तर्राष्ट्रिय खेलकुद परिष्द (आइसिसी) ले विश्वकप २०२३ को खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता ५ अक्टोबर देखी १९ नोभेम्बरसम्म भारतका १० स्थानमा हुनेछन् ।

भारत र पाकिस्तानबीचको खेल १५ अक्टोबरमा हुनेछ । विश्वकपमा भारत र पाकिस्तानको खेल सवैभन्दा बढी प्रतीक्षमा रहनेछ । यी दुई देशले आन्तरिक राजनीतिको कारण सिरिज नखेल्ने हुँदा आइसिसी र एसिसीको प्रतियोगिता निकै महत्वपूर्ण रुपमा हेरिन्छ ।

विश्वकप अघि भारत र पाकिस्तानले सेप्टेम्बरमा एसिया कप खेल्नेछन् । एसिया कपमा भारत र पाकिस्तानबीच समूह चरण, सुपर फोर हुँदै फाइनलमा गरि तीन पटक भिड्ने सम्भावना छ । विश्वकपमा पाकिस्तान र भारत उपाधिको दाबेदार टोलीको रुपमा समेत रहनेछन् । विश्वमा सवैभन्दा बढी महत्वका साथ यी दुई देशबीचको खेल हेरिनेछ ।

२०१९ को विश्वकपमा पाकिस्तान भारतसँग डकवर्थ लेविस पद्धतिको आधारमा ८९ रनले पराजित भएको थियो । पाकिस्तानले एकदिवसीय विश्वकप इतिहासमा भारतलाई हराउन सकेको छैन । भारत घरेलु मैदानमा त्यो विरासत निरन्तरता दिन चाहन्छ । उत्कृष्ट तीव्र गतिको बलिङ आक्रामण भएको पाकिस्तान त्यो इतिहास तोड्दै भारतलाई घरेलु मैदानै स्तब्ध पार्ने सोचमा हुनेछ ।


विश्वकपमा भारत र पाकिस्तानबीच कुल ७ खेल भएका छन् । सबै खेलमा भारत विजयी भएको छ । टि२० विश्वकपमा यी दुई देशबीच ७ खेल हुँदा भारत ५ खेलमा विजयी, १ खेलमा हार र १ खेल नतिजा विहीन छ ।

आइसिसीको च्याम्पियन्स ट्रफीमा भने ५ खेलमा भारत २ मा जित र ३ मा हार व्यहोरेको छ । २०१७ मा सम्पन्न च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई १ सय ८० रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।

त्यसपछि भने च्याम्पियन्स ट्रफी नगर्ने आइसिसीले जनाएको थियो । तर २०२५ मा पाकिस्तानदेखी पुन च्याम्पियन्स ट्रफी सुरु हुनेछ । भारत पाकिस्तान जान्छ वा जादैन निकै महत्वपूर्ण रहनेछ ।

आगमी सेप्टेम्बरमा भारत पाकिस्तान नजोने भएपछि उसले खेल्ने सबै खेल श्रीलंकामा हुनेछन् । टि२० विश्वकप २०२१ मा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । टि२० क्रिकेटमा भारतले कुनैपनि टोलीसँग १० विकेटले पराजित भएको पहिलो घटना थियो । २०२२ को टि२० विश्वकपमा भने भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो ।

विश्वकप ४६ दिनसम्म भारतका १० क्रिकेट रंगशालामा चल्नेछन् । कुल ४८ खेल हुनेछन् । १० टोली सहभागी प्रतियोगिता शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् । शीर्ष र चौथो स्थानको टोलीले पहिलो सेमिफाइनल खेल्नेछन् । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले दोस्रो सेमिफाइनल खेल्नेछन् ।

पहिलो सेमिफाइनल १५ नोभेम्बर र दोस्रा १६ नोभेम्बरमा हुनेछ । सेमिफाइनलको भने रिजर्भ डे राखिएको छैन । फाइनल १९ नोभेम्बरमा हुनेछ । विश्वकप भारतको हैदराबाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनऊ, पुणे, बंगलोर, मुम्बई र कोलकातामा हुनेछ ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.