2 years ago
June 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको आइसिसी विश्वकप छनोट २०२३ मा समूह चरणमा प्रदर्शन अपेक्षा अनुसार हुन सकेन ।

नेपाल ४ मध्य तीन खेलमा हारका साथ समूह चरणबाटै बाहिरिन पुग्यो । सन्दीपले पुरै खेलमा आफ्नो सबै स्पेल गर्दा मात्रै तीन विकेट लिन सके । सन्दीपले ४ खेलमा ४० ओभर बलिङ गर्दै २ सय ४५ रन खर्चेर ३ विकेट मात्रै लिन सफल भए । उनको उत्कृष्ट प्रदर्शन २–६० थियो ।
सन्दीप पहिलो खेलमै जिम्बावेविरुद्ध ७७ रन खर्चिदा विकेट लिन सकेका थिएनन् । उक्त प्रदर्शन नेपालबाट ओडिआईमा एकै खेलमा बलरले खर्चेको चौथो धेरै रन थियो । उक्त खेलसँगै ओडिआईमा लगातार ३३ इनिङमा विकेट लिने यात्रा सन्दीपको समाप्त भएको थियो ।
उनी ओडिआईमा सर्वाधिक ३३ इनिङमा लगातार विकेट लिने पहिलो बलर हुन् । उनीपछि अष्ट्रेलियाका पूर्व तीव्र गतिका बलर ब्रेट लीले लगातार २६ इनिङमा विकेट लिएका थिए । नेपालबाट सोमपाल कामीले २०२२ मा पपुवा न्युगिनीविरुद्ध ९ ओभरमा ८१ रन खर्चेका थिए ।
वेस्टइन्डिजविरुद्ध नै करण केसीले १० ओभरमा ८१ रन खर्चेका थिए । सन्दीप टियुमा युएईविरुद्ध गत मार्चमा १० ओभरमा ८० रन खर्चेका थिए । त्यसपछिको यो खराब प्रदर्शन हो ।
सन्दीपले विश्वकप छनोटमा अमेरिकाविरुद्ध ५८ रन खर्चिदा विकेट लिन सकेका थिएनन् । सन्दीप पहिलो पटक ओडिआईमा लगातार दोस्रो पटक विकेट विहीन बनेका थिए । सन्दीपले वेस्टइन्डिजविरुद्ध १० ओभरमा १ मेडनसहित ५० रन खर्चेर १ विकेट लिएका थिए । नेदरल्यान्ड्सविरुद्ध सन्दीपले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिएका थिए । त्यो नै यस प्रतियोगितामा सन्दीपको उत्कृष्ट प्रदर्शन रह्यो ।
विश्वकप छनोटमा नेपालबाट सर्वाधिक धेरै गुलशन झाले ४ खेलमा ६ विकेट लिएका थिए । ललित नारायण राजवंशीले ३ खेलमा ४ विकेट र करण केसीले ४ खेलमा ५ विकेट लिए । दीपेन्द्रले तीन विकेट लिए ।
सोमपाल कामीले ५.३ ओभर बलिङ गर्दै ३० रन खर्चेर १ विकेट लिए । उनी जिम्बावेविरुद्ध पहिलो खेलमै घाइते भएपछि पुरै प्रतियोगिता बाहिरिन पुगेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]