2 years ago
June 27, 2023
एजेन्सी – ओपनर पल स्टर्लिङको सानदार शतकमा आयरल्यान्डले आइसिसी विश्वकप छनोटमा युएईलाई ३ सय ५० रनको विशाल लक्ष्य दिएको छ । बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ४९ रन बनायो ।
आयरल्यान्डका ओपनर पल स्टर्लिङले १ सय ३४ बलमा १५ चौका र ८ छक्कासहित १ सय ६२ रनको सानदार शतकीय इनिङ खेले । उनको यो ओडिआई करिअरको १४ औं शतक हो ।
कप्तान एन्डी बालबर्नी ८८ बलमा ५ चौका र १ छक्कासहित ६६ रनमा आउट भए । दोस्रो विकेटका लागि पल स्टर्लिङ र बालबर्नीले १ सय ८४ रनको शतकीय साझेदारी गरेका थिए ।
ह्यारी टेक्टर ३३ बलमा ४ चौका र २ छक्कासहित ५७ रनमा आउट भए । लोर्कान टकर १९ र जर्ज डोकरेल १५ रनमा नट आउछ रहे ।
युएईका तीव्र गतिका बलर सन्चित शर्माले ७ ओभरमा ४६ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । अली नासिरले १० ओभरमा ७७ रन खर्चेर १ विकेट लिए ।
February 16, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को खेल तालिका आइतवार सार्वजनिक भएको छ । साविक विजेता कोलकाता नाइट राइडर्सको घरेलु मैदानमा सिजनको पहिलो खेल हुँदैछ । मार्च २२ मा इडन गार्डेनमा कोलकाता र रोयल च्यालेन्जर्स बेंगलुरुका बीचमा पहिलो खेल हुनेछ । यसपटकको फाइनल साविक विजेता कोलकाताको घरेलु मैदानमा हुनेछ । फाइनल मे २५ मा […]
February 16, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको खेलमा ओमानले नामिबियालाई पराजित गरेको छ । ओमानले आइतवार नामिबियामाथि २ विकेटको जित हासिल गरेको छ । नामिबियाको विश्व कप लिग टुमा १६ खेलमा १०औं हार हो । लिग टुको सुरुवाती ५ मध्ये ४ खेल जितेको थियो । नामिबियाले पछिल्लो ५ खेलमा २ मा मात्र जित हासिल गरेको […]
February 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार आगामी १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ । क्यानले जनाए अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसिबी वा सिए बाट लेभल ३ […]