2 years ago
June 27, 2023
एजेन्सी – ओपनर पल स्टर्लिङको सानदार शतकमा आयरल्यान्डले आइसिसी विश्वकप छनोटमा युएईलाई ३ सय ५० रनको विशाल लक्ष्य दिएको छ । बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ४९ रन बनायो ।

आयरल्यान्डका ओपनर पल स्टर्लिङले १ सय ३४ बलमा १५ चौका र ८ छक्कासहित १ सय ६२ रनको सानदार शतकीय इनिङ खेले । उनको यो ओडिआई करिअरको १४ औं शतक हो ।
कप्तान एन्डी बालबर्नी ८८ बलमा ५ चौका र १ छक्कासहित ६६ रनमा आउट भए । दोस्रो विकेटका लागि पल स्टर्लिङ र बालबर्नीले १ सय ८४ रनको शतकीय साझेदारी गरेका थिए ।
ह्यारी टेक्टर ३३ बलमा ४ चौका र २ छक्कासहित ५७ रनमा आउट भए । लोर्कान टकर १९ र जर्ज डोकरेल १५ रनमा नट आउछ रहे ।
युएईका तीव्र गतिका बलर सन्चित शर्माले ७ ओभरमा ४६ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । अली नासिरले १० ओभरमा ७७ रन खर्चेर १ विकेट लिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]