default_image

2 years ago

June 27, 2023

स्कटल्यान्डलाई हराएसँगै श्रीलंकाको विश्वकप सम्भावना बलियो

226 views

0 Bookmark

एजेन्सी – श्रीलंकाले आइसिसी विश्वकप छनोटमा समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ८२ रनले पराजित गरेको छ । सुपर सिक्समा ४ अंकका साथ जाने भएपछि श्रीलंकाको विश्वकप सम्भावना मजबुत बनेको छ ।

जितको लागि २ सय ४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड २९ ओभरमा १ सय ६३ रनमा अल आउट भयो । स्कटल्यान्डका क्रिस ग्रेभ्स ४१ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५६ रनमा नटआउट रहे ।

एक समय १००–८ को अवस्थामा पुगेको स्कटल्यान्डलाई ग्रेभ्स र क्रिस सोलले ५५ रनको साझेदारी गर्दै झिनो आशा देखाएका थिए । सोल २१ बलमा २ चौकासहित १७ रनमा रन आउट भए । इभान्स एक रन लिनेक्रममा रन आउट भएपछि स्कटल्यान्ड अल आउट भएको थियो ।

त्यस्तै क्रिस म्याकब्राइड ३८ बलमा २ चौका र १ छक्कासहित २९, म्याथ्यु क्रस ७, ब्रेन्डन म्याकमुलेन ५, रिची बेरिंग्टन १० र माइकल लिस्क ५ रनमा आउट भए ।

श्रीलंकाका स्पिनर महेश थिक्सेनाले १० ओभरमा ४१ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । वानिन्दु हसरंगाले ६ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । कसुन रजिथा, लाहिरु कुमारा र दासुन शानकाले समान एक विकेट लिए ।

त्यसअघि क्विन्स स्पोर्ट्स पार्क बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४९.३ ओभरमा २ सय ४५ रनमा अल आउट भएको थियो । श्रीलंकाको जितमा ओपनर पाथुम निसांकाले ८५ बलमा १० चौकासहित सर्वाधिक ७५ रनको योगदान दिए । चरिथ असलंका ६५ बलमा ४ चौका र २ छक्कासहित ६३ रनमा आउट भए ।

ओपनर दिमुथ करुणारत्ने क्रिस सोलको बलमा ७ रनमा बोल्ड आउट भए । सोलको बलमा कुशल मेन्डिस एक रनमा माइकल लिस्कबाट उत्कृष्ट क्याच आउटको शिकार बने । सदिरा समाराविक्रमा ३५ बलमा ४ चौकासहित २६, धनन्जय डि सिल्भा २३ र दासुन शानका शून्यमा डक आउट भए । वानिन्दु हसरंगा १५ र महेश थिक्सेनाले १६ रन बनाए ।

स्कटल्यान्डका स्पिनर क्रिस ग्रेभ्सले ६.३ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । मार्क वाटले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । क्रिस सोलले १० ओभरमा १ मेडनसहित ४६ रन खर्चेर २ विकेट लिए ।

श्रीलंका समूह बी बाट अपराजित रहँदै सुपर सिक्समा पुगेको छ । सुपर सिक्समा पुगेका ओमान र स्कटल्यान्ड दुबैलाई हराएको हुँदा श्रीलंका ४ अंक गणना गरिनेछ ।

सुपर सिक्समा श्रीलंकाले समूह ए बाट आएका शीर्ष तीन टोली वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्ससँग खेल्नेछ । समूह बी बाट स्कटल्यान्ड दुई अंक र ओमान अंक विहीन हुँदै सुपर सिक्समा आएका छन् ।

यता समूह ए बाट जिम्बावेले ४, नेदरल्यान्ड्सले दुई र वेस्टइन्डिज विना अंक सुपर सिक्समा आएका छन् । सुपर सिक्सपछि शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.