2 years ago
June 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको प्लेअफमा खेलमा युएईसँग खेल्ने भएको छ । युएई समूह चरणको अन्तिम खेलमा आयरल्यान्डसँग १ सय ३८ रनले पराजित भएपछि प्लेअफमा नेपालसँग खेल्ने भएको छ ।

नेपाल समूह ए को चौथो र युएई समूह बी को पुछारमा रहँदै प्लेअफमा भिड्नेछन् । खेल २ जुलाईमा हुनेछ । नेपाल ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंकका साथ समूह ए मा चौथो स्थानमा थियो । युएई समूह बी मा चारै खेलका साथ पुछारमा थियो ।
पहिलो प्लेअफमा समूह ए को पुछारमा रहेको अमेरिका र समूह बी मा को चौथो स्थानमा रहेको आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । आयरल्यान्ड र अमेरिकाबीचको खेल ३० जुनमा हुनेछ । अमेरिका समूह ए मा सबै खेलमा हारका साथ पुछारमा थियो । आयरल्यान्ड ४ खेलमा ३ मा हार र १ मा जितकासाथ २ अंक जोड्दै चौथो स्थानमा थियो ।
यी दुई प्लेअफका विजेता टोलीले सातौं स्थानको लागि ४ जुलाईमा प्रतिस्पर्धा गर्नेछन् । प्लेअफमा पराजित हुने दुई टोलीले नवौं स्थानको लागि ६ जुलाईमा प्रतिस्पर्धा गर्नेछन् ।
जितको लागि ३ सय ५० रनको विशाल विजयी लक्ष्य पछ्याएको युएई ३९ ओभरमा २ सय ११ रनमा अल आउट भयो । युएईका कप्तान मोहम्मद वासिमले ३२ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ४५ रनको योगदान दिए । उनी दुर्भाग्यपूर्ण रन आउट भएका थिए ।
सन्चित शर्मा ५४ बलमा १ चौका र घ छक्कासहित ४४ रनमा आउट भए । बासिल हामिद ५२ बलमा ३ छक्कासहित ३९ रनमा आउट भए । आयरल्यान्डका जोश लिटिल, एन्डी म्याकब्रिनी, जर्ज डोकरेल र कर्टिक क्याम्फरले समान दुई विकेट लिए ।

त्यसअघि बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ४९ रन बनाएको थियो ।
आयरल्यान्डको जितमा ओपनर पल स्टर्लिङले १ सय ३४ बलमा १५ चौका र ८ छक्कासहित १ सय ६२ रनको सानदार शतकीय इनिङ खेले । उनको यो ओडिआई करिअरको १४ औं शतक हो ।
कप्तान एन्डी बालबर्नी ८८ बलमा ५ चौका र १ छक्कासहित ६६ रनमा आउट भए । दोस्रो विकेटका लागि पल स्टर्लिङ र बालबर्नीले १ सय ८४ रनको शतकीय साझेदारी गरेका थिए । ह्यारी टेक्टर ३३ बलमा ४ चौका र २ छक्कासहित ५७ रनमा आउट भए । लोर्कान टकर १९ र जर्ज डोकरेल १५ रनमा नट आउछ रहे । युएईका तीव्र गतिका बलर सन्चित शर्माले ७ ओभरमा ४६ रन खर्चेर सर्वाधिक तीन विकेट लिए ।
समूह ए बाट जिम्बावे शीर्ष, नेदरल्यान्ड्स दोस्रो र वेस्टइन्डिज तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेका छन् । समुह बी बाट श्रीलंका शीर्ष, स्कटल्यान्ड दोस्रो र ओमान तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेका छन् । सुपर सिक्सका शीर्ष दुई टोलीले विश्वकप खेल्न पाउनेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]