default_image

2 years ago

June 28, 2023

नेपालको सानदार सुरुवात, निरज र सुर्यांशुको शतकीय साझेदारी

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यू-१६ इस्टर्न जोन कपमा थाईल्यान्डविरुद्ध नेपालका ओपनर निरज कुमार यादव र सुर्यांशु कोइरालाले शतकीय साझेदारी गरेका छन् ।

मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ११ ओभरमा कुनै विकेट नगुमाई १ सय २ रन बनाएको छ । नेपालका ओपनर निरज कुमार यादव ३६ बलमा ६ चौका र ६ छक्कासहित ६९ रनमा क्रिजमा छन् । उनलाई सुर्यांशु कोइरालाले ३२ बलमा ३ चौकासहित २४ रनमा साथ दिएका छन् ।

निरजले सातौं ओभरमा आर्शिवाद नारायणलाई तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै २१ बलमै अर्धशतक पूरा गरेका थिए । यो यू१६ को खेल हुँदा ३५-३५ ओभरको हुनेछ ।

समूह ए मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनएसिया छन् । समूह ए को खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो ।

थाईल्यान्ड पहिलो खेलमै पराजित भएको हुँदा नेपाल पहिलो जित निकालेको खण्डमा सेमिफाइनलमा पुग्नेछ । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । सेमिफाइनल ३ जुलाई र फाइनल ४ जुलाईमा हुनेछ ।

नेपालको यू-१६ टोली :

दीप भुजेल, कार्तिक कामत, प्रतिक पोखरेल, निरज यादव, अभिषेक तिवारी (कप्तान), सुर्यांशु कोइराला, आषिश लुइटेल (विकेटकिपर), सन्तोष यादव, अशोक धामी, सचिन मल्ल र नरेन भट्ट ।

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

Success

Thank you for your time.