default_image

2 years ago

June 28, 2023

नेपालको थाईल्यान्डलाई विशाल लक्ष्य

249 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपमा थाईल्यान्डलाई २ सय ७० रनको विशाल लक्ष्य दिएको छ । मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६रन बनायो ।

नेपालका निरज कुमार यादवले ४३ बलमा ७ चौका र ६ छक्कासहित ७४ रनमा आउट भए । उनी स्पिनर ईशान बानेर्जीको बलमा जित सादाबाट क्याच हुन पुगेका थिए । उनले २१ बलमै अर्धशतक पूरा गरेका थिए ।

नेपाललाई ओपनर निरज कुमार यादव र सुर्यांशु कोइरालाले १३ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर जितको बलमा सुर्यांशु ५५ बलमा ३ चौकासहित ४० रनमा बोल्ड आउट भए । सुर्यांशु स्कुप सट खेल्ने धुनमा बोल्ड आउट भएका थिए ।

नरेन भट्ट ४३ बलमा ५ चौकासहित ५५ रनमा नटआउट रहे । सन्तोष यादव ३६ बलमा ४ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । आषिश लुहार १३, अशोेक धामी ५ र अभिषेक तिवारी १४ रनमा आउट भए ।

थाईल्यान्डका निटपाखन मनुवुनले ६ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । ईशान बानेर्जीले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । जित सादा र पियावत नोद्रीले एक एक विकेट लिए । पनुवातले ७ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.