default_image

8 months ago

June 28, 2023

थाईल्यान्डलाई ४४ रनमा अल आउट गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । नेपाल पहिलो जितमै सेमिफाइनलमा पुगेको हो । जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड १३.२ ओभरमा ४४ रनमा अल आउट भयो । थाईल्यान्डका ईशानले १२ बलमा ३ […]

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । नेपाल पहिलो जितमै सेमिफाइनलमा पुगेको हो ।

जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड १३.२ ओभरमा ४४ रनमा अल आउट भयो । थाईल्यान्डका ईशानले १२ बलमा ३ चौकासहित सर्वाधिक १६ रन बनाए । नेपालको घातक बलिङ सामु थाईल्यान्डका ९ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

नेपालका स्पिनर सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिए । सन्तोषले ३.२ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै अशोक धामीले ३ ओभरमा २ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिए । अभिषेक तिवारीले ४ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो । नेपालको जितमा निरज कुमार यादवले ४३ बलमा ७ चौका र ६ छक्कासहित ७४ रनमा आउट भए । उनी स्पिनर ईशान बानेर्जीको बलमा जित सादाबाट क्याच हुन पुगेका थिए । उनले २१ बलमै अर्धशतक पूरा गरेका थिए ।

नेपाललाई ओपनर निरज कुमार यादव र सुर्यांशु कोइरालाले १३ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर जितको बलमा सुर्यांशु ५५ बलमा ३ चौकासहित ४० रनमा बोल्ड आउट भए । सुर्यांशु स्कुप सट खेल्ने धुनमा बोल्ड आउट भएका थिए ।

नरेन भट्ट ४३ बलमा ५ चौकासहित ५५ रनमा नटआउट रहे । सन्तोष यादव ३६ बलमा ४ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । आषिश लुहार १३, अशोेक धामी ५ र अभिषेक तिवारी १४ रनमा आउट भए ।

थाईल्यान्डका निटपाखन मनुवुनले ६ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । ईशान बानेर्जीले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । जित सादा र पियावत नोद्रीले एक एक विकेट लिए । पनुवातले ७ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए ।

समूह ए मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनएसिया छन् । समूह ए को पहिलो खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो । त्यसैले समूह ए बाट नेपाल र मलेसिया दुबै सेमिफाइनलमा पुगेका छन् । नेपालले मलेसियासँग शुक्रबार खेल्नेछ ।

February 24, 2024

एक्सपर्ट भरतपुर मेयर्स कप- अर्किड समूह विजेता

चितवन (हाम्रो खेलकुद)– एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा चरणमा लगातार जितसंगै अर्किड सेकेण्डरी स्कुल सेमिफाइनल प्रवेश गरेको छ । लक्ष्मी माविले सान्त्वना जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । आफ्नो लिग चरणको अन्तिम खेलमा शनिबार इडेन गार्डेन स्कुललाई १ सय ८ रनले पराजित गर्दै समूह ‘बी’को विजेताको रुपमा सेमिफाइनल स्थान सुरक्षित […]

February 24, 2024

बिर्तामोडलाई अन्तरपालिका क्रिकेट उपाधि

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिकाले प्रथम झापा जिल्ला अन्तरपालिकास्तरीय पुरुष टि२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबारेमा शनिबार भएको फाइनलमा कचनकवल गाउँपालिकामाथि १ सय १९ रनको सानदार जित निकाल्दै बिर्तामोड च्याम्पियन बनेको हो । कचनकवलको फितलो ब्याटिङ र कमजोर बलिङको फाइदा उठाउँदै बिर्तामोड विजेता बनेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको बिर्तामोडले निर्धारित […]

February 24, 2024

इङ्ल्यान्डविरुद्ध भारतका जैसवालको अर्धशतक

एजेन्सी – इङ्ल्यान्डविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा भारत १ सय ३४ रनले पछाडि रहेको छ । दोस्रो दिनको खेल सकिदा भारतले पहिलो इनिङमा ७ विकेटको क्षेतिमा २ सय १९ रन बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले पहिलो इनिङमा ३ सय ५३ रन बनाएको थियो । ७ विकेटको क्षेतिमा ३ सय २ रनबाट […]

Success

Thank you for your time.