default_image

1 year ago

June 28, 2023

नेपालको वरियता यथावत, आसिफ र सोमपालको सुधार

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपाल यथावत रहेको छ । नेपालका ओपनर आसिफ शेख र सोमपाल कामीले सुधार गरेका छन् ।

आइसिसीले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाल १४ औं स्थानमा यथावत छ । नेपालले यसै साता आइसिसी विश्वकप छनोटमा चार मध्य तीन खेलमा हार व्यहोरेपनि वरियतामा यथावत रहेको हो । नेपाल ३८ खेलमा ३५ रेटिङ अंकका साथ १४ औं स्थानमा छ ।

नेपाल भन्दापछि ३४ रेटिङ अंकका साथ नेदरल्यान्ड्स १५ औं स्थानमा छ । अमेरिका र नामिबिया समान २९ रेटिङ अंकका साथ १६ औं र १७ औं स्थानमा छन् । ओमान २५ रेटिङ अंकका साथ १८ औं, युएई १४ रेटिङ अंकका साथ १९ औं र पपुवा न्युगिनी ४ रेटिङ अंकका साथ पुछारमा छ ।

नेपाल भन्दा अघि आयरल्यान्ड ४० रेटिङ अंकका साथ १३ औं, स्कटल्यान्ड ४८ औं रेटिङ अंकका साथ १२ औं र जिम्बावे ५७ रेटिङ अंकका साथ ११ औं स्थानमाछ । अष्ट्रेलिया शीर्ष, पाकिस्तान दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो, इंग्ल्यान्ड पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, अफगानिस्तान नवौं र वेस्टइन्डिज १० औं स्थानमा छन् ।

ब्यक्तिगततर्फ आडिआईको ब्याटिङ वरियतामा नेपालका कप्तान रोहित पौडेल ७० औं स्थानमा यथावत छन् । आसिफ शेखले एक स्थान सुधार गर्दै ७२ औं स्थानमा उक्लिएका छन् । नेपालका अन्य ब्याटर भने शीर्ष १ सय वरियता भित्र छैनन् ।

त्यस्तै बलिङतर्फ सोमपाल कामीले एक स्थान सुधार गर्दै ७४ औं स्थानमा उक्लिएका छन् । बलिङतर्फ दीपेन्द्रसिंह ऐरी ५९ औं, स्पिनर सन्दीप लामिछाने २९ औं, करण केसी ९२ औं र ललित नारायण राजवंशी ९६ औं स्थानमा छन् ।

नेपालले आइसिसी विश्वकप छनोटमा जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटको हार व्यहोरेको थियो । त्यसैको कारण सुपर सिक्समा पुग्न सकेन । नेपालले अमेरिकालाई भने ६ विकेटले हराएको थियो ।

आइतबार नेपालले प्लेअफ खेलमा युएईसँग खेल्नेछ । विजयी भएमा सातौं स्थानको लागि आयरल्यान्ड र अमेरिकाबीचको खेलको विजेता टोलीसँग खेल्नेछ । पराजित भएमा अमेरिका र आयरल्यान्डबीचको खेलको पराजित हुने टोलीसँग नवौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.