2 years ago
June 29, 2023
एजेन्सी – उपकप्तान स्टिभ स्मिथको शतकमा अष्ट्रेलियाले एशेज सिरिज अन्तर्गत दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध विशाल योगफल बनाएको छ । पहिलो इनिङमा अष्ट्रेलिया दास्रो दिन पहिलो सेसनमा ४ सय १६ रनमा अल आउट भयो ।

स्टिभ स्मिथले १ सय ८४ बलमा १५ चौकासहित १ सय १० रनको शतकीय इनिङ खेले । उनको यो टेस्ट करिअरको ३२ औं शतक हो । ट्रविस हेड ७३ बलमा १४ चौकासहित ७७ रनमा आउट भए ।
ओपनर डेविड वार्नर ८८ बलमा ८ चौका र १ छक्कासहित ६६, उस्मान खवाजा १७, मार्नस लाबुसेन ४७, क्यामरन ग्रिन डक, एलेक्स केरी २२, नाथन लायन ७ र जोश हेजलवुड ४ रनमा आउट भए । प्याट कमिन्स ४३ बलमा २ चौकासहित २२ रनमा नट आउट रहे ।
इंग्ल्यान्डका ओली रोविन्सन र जोश टोंगेले समान तीन विकेट लिए । जो रुटले दुई, जेम्स एन्डरसन र स्टुअर्ट ब्रोडले समान एक विकेट लिए । पाँच टेस्ट खेलको सिरिजमा अष्ट्रेलिया १–० ले अघिछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]