default_image

1 year ago

June 29, 2023

मलेसियालाई पनि सहजै हराउने सोचमा नेपाली युवा टोली

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा शुक्रबार मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ : १५ मा सुरु हुनेछ । पहिलो खेलमा नेपालले थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो ।

नेपाल मलेसियामाथि सहज जितका साथ समूह विजेता बन्दै सेमिफाइनल खेल्न चाहन्छ । नेपालले थाइल्यान्डलाई ४४ रनमै अल आउट गरेको थियो । थाईल्यान्डका ८ खेलाडी शून्यमा आउट भएका थिए । थाइल्यान्डविरुद्ध नेपालले ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो ।

नेपालका निरज कुमार यादवले ४३ बलमा ७ चौका र ६ छक्कासहित ७४, सूर्यांशु कोइराला ४०, सन्तोष यादव ४२ र नरेन भट्ट ५५ रन बनाएका थिए । नेपाल निरज र सूर्यांशुबाट उत्कृष्ट सुरुवात चाहन्छ । यी दुई ओपनरले पहिलो खेलमा १ सय १० रनको शतकीय साझेदारी गरेका थिए ।

बलिङमा ह्याट्रिकसहित पाँच विकेट लिएका थिए । अशोक धामीले तीन र कप्तान अभिषेक तिवारीले दुई विकेट लिएका थिए । उता मलेसियाले पहिलो खेलमा थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो । २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड ९० रनमा अल आउट भएको थियो ।

समूह बी मा हङकङ र सिंगापुर दुबै खेलमा जितका साथ ४–४ अंक जोडेका छन् । हङकङ नेटरनरेटको कारण शीर्ष र सिंगापुर दोस्रो स्थानमा छन् ।

यी दुबै टोली सेमिफाइनलमा पुगेका छन् । समूह विजेता यी दुई देशबीच शुक्रबार हुने खेलले निर्धारण गर्नेछ । उता इन्डानएसिया ३ खेलमा २ मा हार र १ मा जितसहित तेस्रो स्थानमा रहेर बाहिरियो । माल्दिभ्स तीनै खेलमा हारका साथ बाहिरियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.