default_image

2 years ago

June 29, 2023

मलेसियालाई पनि सहजै हराउने सोचमा नेपाली युवा टोली

310 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा शुक्रबार मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ : १५ मा सुरु हुनेछ । पहिलो खेलमा नेपालले थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो ।

नेपाल मलेसियामाथि सहज जितका साथ समूह विजेता बन्दै सेमिफाइनल खेल्न चाहन्छ । नेपालले थाइल्यान्डलाई ४४ रनमै अल आउट गरेको थियो । थाईल्यान्डका ८ खेलाडी शून्यमा आउट भएका थिए । थाइल्यान्डविरुद्ध नेपालले ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो ।

नेपालका निरज कुमार यादवले ४३ बलमा ७ चौका र ६ छक्कासहित ७४, सूर्यांशु कोइराला ४०, सन्तोष यादव ४२ र नरेन भट्ट ५५ रन बनाएका थिए । नेपाल निरज र सूर्यांशुबाट उत्कृष्ट सुरुवात चाहन्छ । यी दुई ओपनरले पहिलो खेलमा १ सय १० रनको शतकीय साझेदारी गरेका थिए ।

बलिङमा ह्याट्रिकसहित पाँच विकेट लिएका थिए । अशोक धामीले तीन र कप्तान अभिषेक तिवारीले दुई विकेट लिएका थिए । उता मलेसियाले पहिलो खेलमा थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो । २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड ९० रनमा अल आउट भएको थियो ।

समूह बी मा हङकङ र सिंगापुर दुबै खेलमा जितका साथ ४–४ अंक जोडेका छन् । हङकङ नेटरनरेटको कारण शीर्ष र सिंगापुर दोस्रो स्थानमा छन् ।

यी दुबै टोली सेमिफाइनलमा पुगेका छन् । समूह विजेता यी दुई देशबीच शुक्रबार हुने खेलले निर्धारण गर्नेछ । उता इन्डानएसिया ३ खेलमा २ मा हार र १ मा जितसहित तेस्रो स्थानमा रहेर बाहिरियो । माल्दिभ्स तीनै खेलमा हारका साथ बाहिरियो ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.