2 years ago
June 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली जिम्बावेले आइसिसी विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा ओमानलाई १४ रनले हराउँदै विश्वकप नजिक पुगेको छ । आफ्नो उच्च लयलाई निरन्तरता दिँदै लगातार पाँच जित निकालेपछि जिम्बावे आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप नजिक पुगेको हो ।
जितको लागि ३ सय ३३ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १८ रन बनायो । ओमानका युवा ओपनर कश्याप प्रजापतिले ९७ बलमा १२ चौका र १ छक्कासहित १ सय ३ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपनि टोलीको झिनो हार टार्न सकेनन् ।
उनको यो ओडिआई करिअरको दोस्रो शतक हो । उनी टेस्ट टोलीविरुद्ध शतक हान्ने पहिलो ओमानी ब्याटर हुन् ।
प्रजापति आउट हुँदा ओमान ३४.५ ओभरमा १९०-३ को अवस्थामा थियो । एक समय ओमान ४२ ओभरमा २३७-४ को अवस्थामा थियो । जितको लागि ४८ बलमा ९६ रन चाहिँएको थियो । लगातार विकेट गुमाएपछि ओमान दबाबमा परेको थियो ।
कप्तान जिशान मकसुद खुट्टामा समस्याको कारण केहि समय मैदान बाहिरि जानु अर्को घातक बन्यो । मकसुद ४० बलमा ३ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । राम्रो अन्त्य गर्न नसक्दा पराजित हुन पुग्यो ।
ओपनर जतिन्दर सिंह २ रनमै आउट भएका थिए । दोस्रो विकेटका लागि प्रजापति र अकिब इलियासले ८३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
अकिब ६१ बलमा ५ चौकासहित ४५, शोएब खान ११, नसिम खुशी १२ र फैयाज बट १० रनमा आउट भए । आयन खान ४३ बलमा ५ चौकासहित ४७ आउट भए । मोहम्मद नदिम १८ बलमा ४ चौका र १ छक्कासहित ३० रनमा नट आउट रहे ।
जिम्बावेका सिकन्दर राजाले १० ओभरमा ५७ रन खर्चेर १ विकेट लिए । टेन्डाई चतराले ८ ओभरमा ७३ रन खर्चेर ३ विकेट लिए । रिचर्ड नगारावा ९ ओभरमा ६० रन खर्चेर २ विकेट लिए । ब्लेसिङ मुर्जाबानीले ९ ओभरमा ५७ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली जिम्बावले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३२ रन बनाएको थियो । जिम्बावेको जितमा अनुभवी ब्याटर सन विलियम्सले १ सय ३ बलमा १४ चौका र ३ छक्कासहित १ सय ४२ रनको सानदार शतकीय इनिङ खेले ।
यस प्रतियोगितामात्रै उनको यो तेस्रो शतक हो । लगातार दोस्रो शतक हो । उनले समूह चरणमा अमेरिकाविरुद्ध १ सय ७४ र नेपालविरुद्ध १ सय २ रनको शतकीय इनिङ खेलेका ।
स्टार अलराउन्डर सिकन्दर राजा ४९ बलमा ६ चौकासहित ४२, जोयलोर्ड गुम्बी २१, क्रेग इर्विन २५, रायन बर्ल १३ र वेस्ली ममेभेरे २३ रनमा आउट भए ।
तल्लोक्रमका ल्यूक जोंगवे २८ बलमा ४ चौकासहित ४३ रनमा नट आउट रहे । ओमानका तीव्र गतिका बलर फैयाज बटले १० ओभरमा ७९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । बिलाल खान, कलिमुल्लाह र जिशान मकसुदले समान एक विकेट लिए ।
जिम्बावे ३ खेलमा ६ अंकका साथ सुपर सिक्समा शीर्ष स्थानमा छ । जिम्बावे आइतबार श्रीलंका र मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।
बाँकी दुई मध्य एक खेलमा विजयी भएमा जिम्बावे विश्वकपमा पुग्ने समिकरण देखिन्छ । सुपर सिक्समा श्रीलंका २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । श्रीलंकाले शुक्रबार नेदरल्यान्ड्स, आइतबार जिम्बावे र शुक्रबार वेस्टइन्डिजसँग खेल्नेछ । अंक विहीन बनेको वेस्टइन्डिजको भने विश्वकप यात्रा निकै कठिन छ ।
February 8, 2025
काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एकसँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]
February 7, 2025
सुमन अधिकारी,बुटवल लुम्बिनी खुकुरी क्लब जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सेमिफाइनल खेलमा शुक्रवार तिरुपति क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै खुकुरीले फाइनलको यात्रा तय गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ३४ रनको बलियो योगफल खडा […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेल शुक्रवार सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिताको सातौं दिन भएको समुह ‘बी’ अन्तर्गत भएको लिग चरणको अन्तिम खेलमा सिवाइसी अत्तरियाले न्यु होराइजन बुटवललाई ७८ रनले हरायो । यो जितसँग अत्तरिया समुह […]