2 years ago
June 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियाविरुद्ध कमजोर ब्याटिङ प्रदर्शन गरेको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १४ ओभरमा ४ विकेट गुमाउँदै ६१ रन बनाएको छ ।

नेपालले निरज कुमार यादवलाई ८ रनमै गुमाएको थियो । तीव्र गतिका बलर मोहम्मद अक्रमले उनलाई बोल्ड गरेका थिए । सूर्यांशु कोइराला २६ बलमा ५ चौकासहित २९ रनमा आउट भए । उनी हजिक हैकवालको बलमा बोल्ड भएका थिए । विकेटकिपर आषिश लुहार गोल्डेन डक आउट भए ।
तीव्र गतिका बलर आरिन अकिले प्रतिक भट्टाईलाई ४ रनमा क्याच आउट गराए । क्रिजमा दिपु भुजेल ३२ बलमा ८ र नरेन भट्ट १ रनमा छन् ।
नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । नेपाल मलेसियामाथि सहज जितका साथ समूह विजेता बन्दै सेमिफाइनल खेल्न चाहन्छ । मलेसिया पनि सेमिफाइनलमा पुगि सकेको छ । यस खेलले समूह विजेता निर्धारण गर्नेछ ।


November 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेसमा लगातार दोस्रो खेलमा पराजित भएको छ। दक्षिण अफ्रिकाले आज नेपाललाई ४ विकेटले पराजित गरेको छ। नेपाललाई ३.३ ओभरमा ५८ रनमा अल आउट गरेको दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाउँदै ६४ रन जोडेर जित निकाल्यो । नेपालका लागि दुबै विकेट लोकेश बमले लिए ।त्यसअघि नेपालका लागि राशिद खानले सर्वाधिक […]


November 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेसको आफ्नो दोस्रो खेलमा ५८ रनमा अल आउट भएको छ। दक्षिण अफ्रिकाले नेपाललाई ३.३ ओभरमा अल आउट गरेको हो।नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए। हिजो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो।


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दीप जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]