default_image

2 years ago

June 30, 2023

नेपालको राम्रो बलिङ सुरुवात

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियाविरुद्ध राम्रो बलिङ सुरुवात गरेको छ । जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १२ ओभरमा ३ विकेट गुमाउँदै ३६ रन बनाएको छ ।

मलेसियाका मोहम्मद आलिफ ३६ बलमा १ चौकासहित ९ रनमा क्रिजमा छन् । उनलाई मोहम्मद हिरिलले १२ बलमा २ रनमा साथ दिएका छन् ।

नेपालका कप्तान अभिषेक तिवारीले मोहम्मद रिफिललाई ५ रनमा बोल्ड आउट गरे । मोहम्मद अस्कललाई अभिषेकलले शून्यमा पेभेलिएन फर्काएका थिए । स्पिनर अशोक धामीको बलमा हम्जा पांगी ६ रनमा प्रतिक पोखरेलबाट क्याच आउट भए ।

बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३३.४ ओभरमा १ सय ८३ रनमा अल आउट भएको थियो । नेपालका अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रनको योगदान दिए ।

February 6, 2025

अर्जुन ट्रफी – घोडाघोडी-११ द्वारा डडेलधुरा पराजित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा घोडाघोडी-११ ले सान्त्वना जित हात पारेको छ । सान्त्वना जित निकाल्नेक्रममा घोडाघोडीले फ्रेन्डस युथ क्लब डडेलधुरामाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । डडेलधुराले दिएको १ सय २५ रनको लक्ष्य घोडाघोडी–११ ले १९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । घोडाघोडीलाई जिताउन आयुव चन्दले […]

February 6, 2025

थाइल्याण्डलाई हराएपछि नेदरल्याण्ड्सको उपाधि सम्भावना कायमै

काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डलाई हराउँदै नेदरल्याण्ड्सले जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधि सम्भावना कायमै राखेको छ । नेदरल्याण्ड्सले बिहीवार थाइल्याण्डलाई रोमान्चक खेलमा १ विकेटले हराएको छ । १ सय १० रनको लक्ष्य नेदरल्याण्ड्सले निर्धारित २० ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा फेबे मोल्केबरले सर्वाधिक ३२ रन जोडिन् । उनले […]

February 6, 2025

स्टोइनिसकाे ओडिआई क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय स्टोइनिसले टि ट्वान्टी भन्ने खेल्ने छन् । टि ट्वान्टीमा ध्यान केन्द्रित गर्न ओडिआईबाट सन्यास लिएको बताएका छन् । उनले ७१ ओडिआई खेलमा २६.६९ को औसतमा १ हजार ४ सय ९५ रन बनाएका छन् । उनले ओडिआई क्रिकेटमा ४८ विकेट […]

Success

Thank you for your time.