2 years ago
June 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले माथिल्लो मुलपानी क्रिकेट मैदानको नामकरण गरेको छ । क्यानले पूर्व स्वर्गिय अध्यक्ष जयकुमार नाथ शाहको नामबाट राख्ने भएको छ । अव माथिल्लो मुलपानीको नाम जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान हुने भएको छ । शुक्रबार बसेको क्यानको बैठकले उक्त निर्णय गरेको जनाएको छ ।

गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएको थियो । क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेले माथिल्लो मुलपानी क्रिकेट मैदानको उद्धघाटन गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरेको यो नेपालको सातौं मैदान थियो ।
यसअघि नेपालले उमेर समूह र सिनियरको अन्तर्राष्ट्रिय गरि कुल ६ मैदानमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो । नेपालमा यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानसँगै ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पस मैदान, ललितपुरकै जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलको मैदान, काठमाडौंको मुटुमा अवस्थित टुँडिखेल, भक्तपुर जिल्लाको सैनिक आवसीय महाविद्यालयको मैदान र कास्कीको पोखरास्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।
टियु नेपालको एकमात्रै पूर्ण अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्रिकेट मैदान हो । मुलपानी ओडिआई मान्यता पाउने नेपालको दोस्रो मैदान हो । २०२० मा पहिलो पटक नेपालमा टियु मैदानले ओडिआई मान्यता पाएको थियो ।
माथिल्लो मुलपानी क्यानले २००८ मा एकेडेमी संचालनको लागि निर्माण सुरुवात गरेको थियो । तर पछि मैदान अभावपछि नेपालले राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ । मुलपानी ओडिआई मान्यता पाउने विश्वको २ सय १६ औं मैदान समेत हो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]