2 years ago
July 1, 2023
एजेन्सी – आइसिसी विश्वकप छनोटमा समान दुई पटकको टि२० र एकदिवसीय विश्वकप विजेता वेस्टइन्डिज ठूलो संकटमा छ । समूह चरणबाट सुपर सिक्समा बिना अंक आएपछि आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्ने सम्भावना निकै कठिन बनेको छ ।

समूह चरणमा नेदरल्यान्ड्स र जिम्बावेसँगको हार वेस्टइन्डिजलाई ठूलो भारी परेको हो । विश्वकप इतिहासमा पहिलो पटक खेल्न नपाउने अवस्था आएको छ । वेस्टइन्डिज विश्वकपमा पुग्ने अझैपनि सम्भावना छ । तर त्यसको लागि सबैभन्दा पहिला वेस्टइन्डिजले आफ्नो उत्कृष्ट क्रिकेट खेल्नुपर्छ । अन्य टोलीले पनि त्यतिनै राम्रो साथ दिनुपर्छ ।
सबैभन्दा पहिला वेस्टइन्डिज बाँकी तीनै खेल ओमान, स्कटल्यान्ड र श्रीलंकालाई हराउनै पर्ने हुन्छ । यी तीन खेल जित्दा ६ अंक हुन्छ । बाँकी तीन मध्य एक खेल हारेको खण्डमा वेस्टइन्डिजको विश्वकप यात्रा समाप्त हुनेछ । किनभने श्रीलंका र जिम्बावे दुई खेल अगावै ६-६ अंकमा पुगेका छन् । तीनै खेल जितेपछि वेस्टइन्डिजको विश्वकपमा पुग्ने समिकरण यस प्रकार रहन्छ ।
समिकरण १ .

पहिला तीनै खेल जितेपछि वेस्टइन्डिजको ६ अंक हुन्छ । ६ अंक मात्रै विश्वकप खेल्न पर्याप्त हुँदैन । जिम्बावेले पनि त्यतिनै साथ दिनुपर्छ । श्रीलंका ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंकाले जिम्बावे र वेस्टइन्डिजसँग खेल्न बाँकी छ । यो अवस्थामा जिम्बावेले श्रीलंकालाई हराउनुपर्छ । जिम्बावेसँग पनि हार्दा श्रीलंका ६ अंकमा रोकिन सक्छ । ६ अंकमा श्रीलंकालाई नेटरनरेटले पछि पार्दै वेस्टइन्डिज विश्वकप खेल्न सक्छ ।
समिकरण २.
अर्कोतर्फ जिम्बाबले बाँकी दुबै खेल हारेको खण्डमा पनि नेटरनरेटमा माथि रहँदै वेस्टइन्डिज विश्वकपमा पुग्न सक्छ । जिम्बावेले श्रीलंका र स्कटल्यान्डसँग खेल्नेछ । यदि जिम्बावेले दुबै खेलमा हारेको खण्डमा ६ अंकमा मात्रै रोकिन सक्छ । त्यसैले नेटरनरेटमा माथि रहँदै विश्वकप खेल्न सक्छ ।
के अन्य टोली ६ अंकमा पुग्न सक्छन् ?
वेस्टइन्डिजले बाँकी तीनै खेल जितेको खण्डमा जिम्बावे र श्रीलंका बाहेक अन्य कुनैपनि टोली ६ अंकमाथि पुग्न सक्दैनन् । ओमान ३ खेलमा अंक विहीन हुँदै बाहिरिएको छ । ओमानले अव नेदरल्यान्ड्स र वेस्टइन्डिजसँग खेल्न बाँकी छ ।
नेदरल्यान्ड्स ३ खेलमा १ मा जित र २ मा हारका साथ २ अंकका साथ चौथो स्थानमा छ । नेदरल्यान्ड्सले अव ओमान र स्कटल्यान्डसँग खेल्न बाँकी छ । यी दुबै खेलमा विजयी भएमा नेदरल्यान्ड्स ६ अंकका मात्रै पुग्न सक्छ ।

स्कटल्यान्ड २ खेलमा १ मा जित र १ मा हारका साथ २ अंकका साथ तेस्रो स्थानमा छ । स्कटल्यान्डले समूह ए का तीन टोली नेदरल्यान्ड्स, जिम्बावे र वेस्टइन्डिजसँग खेल्न बाँकी छ । वेस्टइन्डिजसँग हार्दा र बाँकी दुई खेलमा जित्दा ६ अंकमा मात्रै पुग्न सक्छ ।
त्यसैले वेस्टइन्डिज विश्वकप खेल्न पहिला सबै तीनै खेल आफुले जित्नुपर्छ । अनि जिम्बावे र श्रीलंका मध्य एक टोलीले बाँकी दुबै खेल हार्नुपर्छ । यदि त्यसो भएमा नेटरनरेटमा माथि रहँदै वेस्टइन्डिज विश्वकप खेल्न सक्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]