2 years ago
July 1, 2023
एजेन्सी – नेपालले आइसिसी विश्वकप छनोट २०२३ को प्लेअफ खेलमा आइतबार युएईसँग खेल्दैछ । खेल आइतबार ताकाशिंका स्पोर्ट्स क्लबमा दिउँसो १२ : ४५ मा सुरु हुनेछ ।

यस खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्यान्डसँग खेल्न पाउनेछ । पराजित हुने टोलीले नवौं स्थानको लागि अमेरिकासँग खेल्नुपर्ने हुन्छ । नेपाल समूह ए मा ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंकका साथ चौथो स्थानमा रहेर बाहिरिएको थियो । युएई समूह बी को चारै खेलमा हारका साथ बाहिरिएको थियो ।
युएई र नेपालबीचको खेल प्रतिष्ठाको लडाईको रुपमा हेरिएको छ । यी दुई टोलीबीच पछिल्लो समय प्रदर्शन मात्रै नभएर खेलाडीबीच मैदानमा आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् । युएईका रोहन मुस्तफाले नेपाली ब्याटर र बलरलाई आफ्नो हर्कतबाट दबाबमा राख्न खोज्दा मैदानमा विवाद हुँदै आएको छ । मुस्तफासँग सन्दीप, रोहित र आसिफको भनाभन भई सकेको छ ।
नेपाल पछिल्लो समय युएईसँग हाबी भएको छ । पछिल्ला पाँच खेलमा नेपाल चार खेलमा विजयी र एक खेलमा पराजित भएको छ । समग्रमा पछिल्ला पाँच खेलको नतिजा यस प्रकार छ :
५. नेपाल ६८ रनले पराजित

नेपाल पछिल्लो पटक युएईसँग २०२३ मार्च २ मा आइसिसी विश्वकप लिग-२ मा दुबई रंगशालामा युएईसँग ६८ रनले पराजित भएको थियो । आसिफ खान ७२ र रोहन मुस्तफाले ५२ रन जोडेपछि युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो ।
नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिएका थिए । जितको लागि २ सय ८ रनको विजयी लक्ष्य पछयाएको नेपाल ३१.५ ओभरमा १ सय ३९ रनमा अल आउट भएको थियो । नेपालका कुशल मल्लले ६० र सन्दीप २६ रन बनाएका थियो । युएईका रोहन मुस्तफा र कार्तिक मयाप्पनले समान तीन विकेट लिएका थिए ।
४. नेपाल ४२ रनले विजयी

नेपाल पहिलो खेलमा पराजित भएपनि दोस्रो खेलमा विजयी भएको थियो । भीम सार्कीले ७० र आरिफ शेखले ४३ रन जोडेपछि नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो । युएईका जुनैद सिद्दिकले तीन, रोहन मुस्तफा र आयन लाक्राले समान दुई विकेट लिएका थिए ।
उक्त विजयी लक्ष्य पछ्याएको युएई १ सय ८७ रनमा अल आउट भएको थियो । ९४-१ को अवस्थाबाट नेपालले खेलमा सानदार पूनरागमन गरेको थियो । युएईका आसिफ खानले ८२ र आयन लाक्राले ५० रन जोेडेका थिए । नेपालका दीपेन्द्र र सोमपाल कामीले समान तीन विकेट लिएका थिए ।
३. नेपाल १ सय ७७ रनले विजयी

नेपालले टियु क्रिकेट मैदानमा लिग २ मै युएईलाई १ सय ७७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालका कप्तान रोहितले ७७, आरिफ शेखले ४३ र गुलशन झाले ३७ रन बनाएपछि नेपालले २ सय ४८ रन बनाएको थियो ।
२ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको युएई ७१ रनमा अल आउट भएको थियो । जुन युएईको इतिहासकै ओडिआईको कम योगफल थियो । नेपालका ललित नारायण राजवंशीले सर्वाधिक ५ विकेट लिएका थिए ।
२. नेपाल डकवर्थ लेविस पद्धतिमा ९ रनले विजयी

नेपालले लिग-२ को अन्तिम खेलमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले हराउने विश्वकप छनोटमा पुगेको थियो । टियु क्रिकेट मैदानमा आसिफ खानले ४२ बलमा ४ चौका र ११ छक्कासहित १ सय १ रन र वृत्य अरविन्दले ९४ रनको इनिङ खेलेपछि ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो ।
उक्त विजयी लक्ष्य पछ्याएको नेपाल ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा कट अफ टाइमका कारण खेल रोकिएको थियो । नेपालका कुशल भुर्तेल ५०, भीम सार्की ६७, आरिफ शेख ५२ र गुलशन झाले ५० रन बनाएका थिए । कट अफ टाइमको कारण खेल रोकिएपछि डकवर्थ लेविस पद्धतिमा नेपाल विजयी भएको थियो ।
१. नेपाल ७ विकेटले विजयी

नेपाल र युएईबीच एसिसी प्रिमियर कपको फाइनलमा प्रतिस्पर्धा भएको थियो । वर्षाले निकै प्रभावित खेलमा युएई १ सय १७ रनमै अल आउट भएको थियो । आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए ।
नेपालका ललितले सर्वाधिक चार, करण र सन्दीपले समान दुई विकेट लिए । उक्त विजयी लक्ष्य पछ्याएको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालका गुलशन झाले ६७ र भीम सार्कीले सर्वाधिक ३६ रन बनाएका थिए । एसिया कपमा छनोट हुँदै भारत र पाकिस्तानसँग खेल्न पाएको थियो ।
November 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उद्घाटनमा २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको उद्घाटन खेल हुँदैछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ। आज नेपाल प्रहरीका १ हजार ९ सय, सशस्त्र २ सय ५० र प्राइभेट स्क्युरिटी २ सय परिचालन गरिएको नेपाल क्रिकेट संघ […]
November 17, 2025
एजेन्सी – फखर जमन र मोहम्मद रिजवानले अर्धशतक बनाएपछि पाकिस्तानले श्रीलंकालाई तेस्रो तथा अन्तिम ओडिआईमा ६ विकेटले हराएको छ। घरेलु टोली पाकिस्तानले सिरिज ३-० ले सिरिज जितेको छ। श्रीलंकाले दिएको २ सय १२ रनको लक्ष्य पाकिस्तानले ४४.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानले खराब सुरुआत गर्यो। ओपनर हसीबुल्लाह खान शुन्य मै आउट भएपछि टोली […]
November 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजको प्लाटिनम प्रायोजकमा फोन पे जोडिएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि नेपालको अग्रणी डिजिटल भुक्तानी नेटवर्क फोन पे गोर्खाजको डिजिटल पार्टनर रहने छ । सोमवार सुरु हुने एनपिएलमा गोर्खाजका खेलाडीको जर्सीको अगाडि भागमा फोन पेको लोगो हुनेछ । यसका लागि काठमान्डु गोर्खाज र फोन पे बीच […]