default_image

2 years ago

July 1, 2023

वेस्टइन्डिज पहिलो पटक विश्वकपमा नहुने

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकपमा नुहने भएको छ। जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको सुपर सिक्समा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएपछि प्रतियोगिताबाट औपचारिक रुपमा बाहिरिएको छ ।

समूह चरणबाट अंक विहीन हुँदै सुपर सिक्समा पुगेपछि वेस्टइन्डिजको विश्वकप सम्भावना न्यून बनेको थियो । पहिलो खेलमै सुपर सिक्समा स्कटल्यान्डसँगको हारले औपचारिक रुपमै बाहिरिएको हो । सुपर सिक्समा वेस्टइन्डिजले अव श्रीलंका र ओमानसँग खेल्न बाँकी छ । यी दुई टोलीलाई हराउँदा ४ अंक हुन्छ । तर सुपर सिक्समा समान दुई खेल खेल्न बाँकी रहेका श्रीलंका र जिम्बावेको ६-६ अंक हुँदा वेस्टइन्डिज बाहिरिएको हो ।

वेस्टइन्डिज कुनैपनि विश्वकपमा पहिलो पटक नहुने भएको छ । सन् १९७५ देखी सुरु भएको विश्वकपमा वेस्टइन्डिज सबै प्रतियोगिता खेल्दै आएको थियो । १९७५ र १९७९ को सुरुवाती दुई संस्करणको वेस्टइन्डिज च्याम्पियन समेत हो ।
१९८३ को संस्करणमा उपविजेता बनेको थियो । त्यसपछि भने वेस्टइडिजले विश्वकपको फाइनल खेल्न सकेको थिएन । तर सबै संस्करण खेल्दै आएको थियो ।

आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा पहिलो पटक वेस्टइन्डिज हुने छैन । टि२० विश्वकप २००७ देखी सुरु भएको थियो । सबै संस्करण खेल्दै आएको छ । वेस्टइन्डिजले २०१२ र २०१६ मा टि२० विश्वकप जितेको थियो । टि२० विश्वकप दुई वर्षको अन्तर र एकदिवसीय चार वर्षको अन्तरमा हुने गर्दछ । त्यस्तै यू१९ विश्वकपमा पनि वेस्टइन्डिजले सबै संस्करण खेल्दै आएको छ ।

January 21, 2025

महिला पिएम कप – कोशीलाई हराउँदै आर्मी सुपर फोरमा

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गर्दै सुपर फोरमा प्रवेश गर्ने समूह बी को पहिलो टोली बनेको छ । सोमवार भएको दिनको पहिलो खेलमा आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित हात पार्यो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल ७ ओभरमा […]

January 21, 2025

कुशल सम्मिलित डेजर्टको पहिलो हार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]

January 20, 2025

लोकेशको विष्फोटक ब्याटिङमा त्रिविको जित

काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]

Success

Thank you for your time.