default_image

1 year ago

July 2, 2023

नेपालले आज फेरिएको युएईसँग खेल्दै

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ मा हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

एसोसिएट यी दुई चर्चित टोलीबीचको भिडन्त निकै कडा हुने अनुमान गरिएको छ । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् । यस खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । पराजित हुने टोलीले नवौं स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

नेपाल युएईलाई हराउँदै टेस्ट टोली आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न चाहन्छ । तर लगातार नेपालसँगको हारले टोलीमा व्यापक परिवर्तन गरेको युएईलाई विदेशी भूमिमा हराउन यो पटक सहज हुने छैन ।

युएईले अभ्यास खेलमा नेपाललाई ३ विकेटले हराएको थियो । पछिल्लो समय युएई नेपालसँग लगातार पराजित हुँदै आएको छ । त्यसैको कारण टोलीमा युवा खेलाडीलाई बढी महत्व दिँदै विश्वकप छनोट खेल्न पुगेको थियो ।

युएईको टोली फेरिएको छ । युएईको टोलीमा १७ वर्षीय युवा ब्याटर एथान डि सोल्झा, अली नासिर, अर्यांश शर्मा, तीव्र गतिका बलर मोहम्मद जवादुल्लाह र सन्चित शर्मा जस्ता खेलाडी छन् ।

यी युवा खेलाडीले नेपाललाई निराश बनाउन सक्छन् । युवा तीव्र गतिका बलिङ अलराउन्डर अली नासिरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । नासिरले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । वेस्टइन्डिजविरुद्ध डेब्यूको सुरुवाती दुई खेलमा अर्धशतक प्रहार गरेका थिए ।

युएईका मध्यक्रमका ब्याटर आसिफ खानको नेपालविरुद्ध धेरै राम्रो इतिहास छ । उनले आइसिसी विश्वकप लिग २ मा ४१ बलमै नेपालविरुद्ध शतक हानेका थिए । आसिफको नेपालविरुद्ध औसत ६१.८० छ ।

नेपालविरुद्ध ६ खेलमा उनले १ शतक र २ अर्धशतकसहित कुल ३ सय ९ रन बनाएका छन् । आसिफ विष्फोटक ब्याटिङका लागि चर्चित एसोसिएट ब्याटर हुन् । उनको विकेट र प्रदर्शन नेपालको लागि निकै महत्वपूर्ण हुनेछ ।

उता कप्तान मोहम्मद वासिमको विकेट खेलमा निर्णायक बन्नसक्छ । विष्फोटक ब्याटर वासिम धेरै समय क्रिजमा टिके सहजै जित दिलाउन सक्छन् । उनको विकेट समयमा लिन सके नेपाल हाबी हुनसक्छ । युएईको ब्याटिङ उनीमाथि निर्भर देखिन्छ ।

अरविन्द वृत्य अर्का युएईका ब्याटर हुन् । जसले नेपालविरुद्ध लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । युवा भरपर्दा ब्याटर वृत्य ठूलो इनिङको लागि चिनिन्छन् । वृत्य, आसिफ र वासिम युएईका प्रमुख हतियार हुन् । युएईको मध्यक्रम र तल्लोक्रम भने कमजोरीको रुपमा रहेको छ ।

युएईको तीव्र गतिको बलिङ आक्रामण भने उत्कृष्ट छ । अली नासिर, जहुर खान, सन्चित शर्मा र जुनैद सिद्दिकलाई मैदान उतार्ने सम्भावना छ । जिम्बावेको पिच तीव्र गतिका बलर सहयोगी छ ।

नेपालले जिम्बावे भ्रमणमा शर्ट बलमा ठूलो संघर्ष गरेको छ । मुख्य कमजोरी नै शर्ट बल र बाउन्सर खेल्न नसक्ने देखिएकोछ । यो कमजोरीमाथि युएई पनि फाइदा उठाउन सक्छ । त्यसैले नेपाली ब्याटरले सचेत हुँदै खेल्नुपर्छ । युएईको तीव्र गतिको बलिङ आक्रामण उत्कृष्ट हुँदा त्यसको भरपूर्ण फाइदा उठाउन सक्छ । टियु स्पिनर सहयोगी हुँदा युएईको बलिङ केहि कमजोर देखिएको थियो ।

स्पिनरमा आयन खान र रोहन मुस्तफा हुनेछन् । यी दुई स्पिनरले नेपाली ब्याटरलाई लगातार दबाबमा राख्दै आएका छन् । आयन खान नेपाली ब्याटरलाई घातक बन्न सक्छन् । मुस्तफा खेल मात्रै होईन आफ्नो व्यवहारबाट पनि नेपाली खेलाडीको ध्यान भङ्ग गर्दै आएका छन् । नेपाली ब्याटर उनीदेखी आफैं सचेत हुनुपर्छ ।

यता नेपालले टोलीमा केहि परिवर्तन गर्न सक्छ । यो प्रतिष्ठाको लडाई मात्रै हुँदा नेपालले आरिफ शेख र कुशल मल्ललाई विश्राम दिनसक्ने अनुमान गरिएको छ । नेपालले विकेटकिपर अर्जुन साउद र तीव्र गतिका बलर किशोर महतोलाई मौका दिनसक्छ ।

आसिफ शेखले विकेटकिपरमा त्यति राम्रो प्रभाव जमाउन सकेका छैनन् । ओपनरमा कुशल भुर्तेलसँग उनलाई निरन्तरता दिने देखिन्छ । तर विकेटकिपरमा नेपालले अर्जुनलाई मौका दिनसक्छ । अर्जुनले विकेटकिपरमा राम्रो छाप छोड्दै आएका छन् ।

उता किशोर महतोलाई नेपालले डेथ ओभरमा हेर्नेछ । डेथ ओभर नेपालको कमजोरीको रुपमाछ । नेपालको टोलीमा अन्य परिवर्तनको सम्भावना छ । युएईविरुद्ध गुलशन झाले राम्रो प्रदर्शन गर्दै आएका छन् । गुलशनले युएईविरुद्ध ७ खेलमा २ अर्धशतकसहित २ सय १४ रन बनाउनुको साथै ७ विकेट लिएका छन् ।

आइसिसी विश्वकप लिग २ को अन्तिम खेलमा ५० र एसिसी प्रिमियर कपको फाइनलमा ६७ गरि गरि पछिल्ला दुई खेलमा लगातार अर्धशतक प्रहार गर्दै नटआउट थिए ।

त्यस्तै भीम सार्कीले युएईविरुद्ध राम्रो प्रदर्शन गर्दै आएका छन् । ४ खेलमा २ अर्धशतकसहित कुल २ सय २ रन बनाएका छन् । ललितको युएईविरुद्ध झनै राम्रो प्रदर्शन छ । ९ खेलमा १४ विकेट लिएका छन् । जसमा पछिल्ला दुई खेलमा ९ विकेट छ ।

नेपाल ओपनरबाट राम्रो सुरुवात चाहन्छ । पहिलो खेलमा कुशल र आसिफले जिम्बावेविरुद्ध १ सय ७१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । त्यसपछि राम्रो गर्न सकेनन् ।

बिना दबाबको खेल हुँदा ओपनरले राम्रो सुरुवात दिने अनुमान गरिएको छ । नेपालका कप्तान रोहित पौडेल र दीपेन्द्रको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । तीव्र गतिको बलिङ आक्रामणमा करण केसी, किशोर महतो र गुलशन झा हुनेछन् । करणले नयाँ बलको साथ उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नेपाल करणबाट ड्रिम सुरुवात चाहन्छ । करणलाई स्पिनर ललितले नयाँ बलको साथ साथ दिनेछन् ।

स्पिनर सन्दीप लामिछानेले यस प्रतियोगितामा ४ खेलमा ३ विकेट लिएका छन् । उनी प्रमुख बलर हुँदा नेपालले आजको खेलमा अपेक्षा उच्च राख्नेछ । पार्टटाइम स्पिनरमा दीपेन्द्र हुनेछन् ।

नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंकका साथ चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपाल जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो ।

नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । युएई समूह बी मा चारै खेलमा हारका साथ पुछारमा रहेर बाहिरिएको थियो । युएई श्रीलंकासँग १ सय ७५, ओमानसँग ५ विकेट, स्कटल्यान्डसँग १ सय ११ र आयरल्यान्डसँग १ सय ३८ रनले पराजित भएको थियो । मध्यक्रमर र तल्लोक्रम ब्याटिङ समस्या युएईलाई पुन भारी परेको थियो ।

युएई लक्ष्य पछ्याउँदा संघर्ष गर्दै आएको छ । नेपाल र युएईको टोलीमा युवा खेलाडीको बाहुल्यता छ । त्यसैले यो खेल अझ हेर्न लायक हुनेछ ।

हेड टु हेड :

नेपाल र युएईबीच कुल १४ खेल भएको छ । जसमा नेपाल ८ मा विजयी र ६ खेलमा पराजित भएको छ । पछिल्ला पाँच खेलमा नेपाल ४ खेलमा विजयी भएको छ ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

युएईको टोली :

मोहम्मद वासिम (कप्तान), इथान डी सोल्झा, अली नासिर, वृत्य अरविन्द, रमिज शाहजाद, मोहम्मद जवादुल्लाह, आसिफ खान, रोहन मुस्तफा, आयन खान, जुनैद सिद्दिक, जहुर खान, सन्चित शर्मा, अर्यांश शर्मा, कार्तिक मयाप्पन र बासिल हामिद ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.