2 years ago
July 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज युएईविरुद्ध टस जितेको छ । ४५ मा हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आज टोलीमा तीन परिवर्तन गरेको छ । लामो समयपछि ज्ञानेन्द्र मल्ल टोलीमा फर्किएका छन् । ज्ञानेन्द्र आइसिसी विश्वकप लिग २ मा मार्चमा पपुवा न्युगिनीपछि पहिलो पटक टोलीमा फर्किएका हुन् । नेपालले ज्ञानेन्द्र मल्ल, प्रतिश जि.सी र अर्जुन साउदलाई मौका दिएको छ । नेपालले आसिफ शेख, ललितनारायण राजवंशी र कुशल मल्ललाई बाहिर राखेको छ ।
ज्ञानेन्द्र नेपालका टोलीमा भएका सर्वाधिक अनुभवी खेलाडी हुन् । तेस्रो नम्बरमा भीम सार्कीले राम्रो प्रदर्शन गरेपछि नेपालले ज्ञानेन्द्रलाई बाहिर राख्दै आएको थियो । ज्ञानेन्द्रले आज कुशलसँग ओपनिङ वा तेस्रो नम्बरमा खेल्नेछन् । आसिफ शेखलाई विश्राम दिएको हुँदा उनको स्थानमा अर्जुन साउद वा ज्ञानेन्द्र मल्ल मध्य एकले ओपनिङ गर्ने छन् ।

अर्जुन डिसेम्बरमा स्कटल्यान्डविरुद्ध खेलपछि नेपालको प्लेइङ ११ मा फर्किएका हुन् । उनी आक्रामक ब्याटिङसँगै किपिङका लागि चिनिन्छन् । उनी तल्लोक्रममा पनि त्यतिनै राम्रो ब्याटिङको क्षमता राख्छन् ।
उता प्रतिश जि.सी बायाँ हाते तीव्र गतिका बलर हुन् । नेपालबाट दुई ओडिआई खेल खेलेका प्रतिश आइसिसी विश्वकप लिग २ मा युएईविरुद्ध दुबई इन्टरनेशल मैदानमा खेलपछि टोलीमा पहिलो पटक फर्किएका हुन् । उनी तल्लोक्रममा राम्रो ब्याटिङ समेत गर्दछन् । नेपालले स्पिनर ललितनारायण राजवंशीको स्थानमा प्रतिशलाई मौका दिएको हो ।

नेपाल विश्वकप दौडबाट बाहिरि सकेको हुँदा यो सातौं स्थानको लागि प्रतिस्पर्धा हुँदैछ । नेपाल विजयी भएमा सातौं स्थानको लागि आयरल्यान्ड र पराजित भएमा नवौं स्थानको लागि अमेरिकासँग खेल्नेछ । नेपाल प्रतियोगिताबाट बाहिरि सकेको हुँदा टोलीमा परिवर्तन गर्ने निर्णय लिएको हो । यो खेल प्रतिष्ठाको लडाई हुँदा नेपालले लगातार बेन्चमा रहेका खेलाडीलाई मौका दिएको हो ।
नेपालको प्लेइङ ११ :
कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी र अर्जुन साउद ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]