default_image

1 year ago

July 2, 2023

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

309 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईविरुद्ध दोस्रो विकेट लिएका छन् । ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले १४ ओभरमा २ विकेट गुमाउँदै ६४ रन बनाएको छ । युएईका कप्तान वृत्य अरविन्द ४५ बलमा ४ चौकासहित २८ रनमा क्रिजमा छन् ।

दोस्रो विकेटका लागि अर्यांश शर्मा र वृत्यले ६४ रनको साझेदारी गरेका थिए । सन्दीपले आफ्नो पहिलो ओभरमै नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । सन्दीपको १५ औं ओभरको अन्तिम बलमा शर्मा एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट २८ रनमा क्याच आउट भए । उनले ४३ बलमा ३ चौका प्रहार गरे ।

नेपालका तीव्र गतिका बलर करण केसी पहिलो ओभरको दोस्रो बलमै ओपनर आसिफ खानलाई शून्यमा पेभेलिएन फर्काएका थिए । आसिफ एज लागेर विकेटकिपर अर्जुन साउदबाट क्याच आउट हुन पुगेका थिए । नियमित ओपनर तथा कप्तान मोहम्मद वासिम चोटका कारण यस खेलमा छैनन् । वासिम नहुँदा आसिफलाई ओपनिङ पठाएको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.