2 years ago
July 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईविरुद्ध दोस्रो विकेट लिएका छन् । ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले १४ ओभरमा २ विकेट गुमाउँदै ६४ रन बनाएको छ । युएईका कप्तान वृत्य अरविन्द ४५ बलमा ४ चौकासहित २८ रनमा क्रिजमा छन् ।

दोस्रो विकेटका लागि अर्यांश शर्मा र वृत्यले ६४ रनको साझेदारी गरेका थिए । सन्दीपले आफ्नो पहिलो ओभरमै नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । सन्दीपको १५ औं ओभरको अन्तिम बलमा शर्मा एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट २८ रनमा क्याच आउट भए । उनले ४३ बलमा ३ चौका प्रहार गरे ।
नेपालका तीव्र गतिका बलर करण केसी पहिलो ओभरको दोस्रो बलमै ओपनर आसिफ खानलाई शून्यमा पेभेलिएन फर्काएका थिए । आसिफ एज लागेर विकेटकिपर अर्जुन साउदबाट क्याच आउट हुन पुगेका थिए । नियमित ओपनर तथा कप्तान मोहम्मद वासिम चोटका कारण यस खेलमा छैनन् । वासिम नहुँदा आसिफलाई ओपनिङ पठाएको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]