default_image

1 year ago

July 2, 2023

विश्वकपमा पुग्न श्रीलंकालाई जिम्बावेको मध्यम लक्ष्य

174 views

0 Bookmark

एजेन्सी – घरेलु टोली जिम्बावेले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा श्रीलंकालाई विश्वकपमा पुग्न १ सय ६६ रनको मध्यम लक्ष्य दिएकोछ । क्विन्स स्पोर्ट्स क्लबम टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावे ३२.२ ओभरमा १ सय ६५ रनमा अल आउट भयो ।

जिम्बावेका सन विलियम्सले ५७ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५६ रनमा आउट भए । सिकन्दर राजा ५१ बलमा ३ चौका र १ छक्कासहित ३१, रायन बर्ल १६ र क्रेग इर्विन १४ रनमा आउट भए । जिम्बावेका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बायाँ हाते तीव्र गतिका बलर दिलशान मदुशानकाले सानदार सुरुवात दिलाएपछि जिम्बावे खेलमा दबाबमा परेको थियो । दीलशानले ओपनर जयलोर्ड गुम्बेले शून्यमा पेभेलिएन फर्काए ।

उनले नै कप्तान इर्विनलाई कुशल मेन्डिसबाट पेभेलिएन फर्काएका थिए । दिलशानकै बलमा युवा ब्याटर वेस्ली वेल्सी मधेभेरे दाशुन शानकाबाट १ रनमा क्याच आउट भएपछि ३०-३ को अवस्थामा पुगेको थियो ।

चौथो विकेटका लागि सिकन्दर राजा र सन विलियम्सले ६८ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । तर राजा शानकाको बलमा मदुशानकाबाट क्याच भएपछि लगातार विकेट गुमाएको थियो ।

श्रीलंकाका स्पिनर महेश थिक्सेनाले ८.२ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दिलशान मदुशानकाले ५ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । पथिसा पाथिरानाले दुई र दाशुन शानकाले समान एक विकेट लिए । श्रीलंका यस खेलमा विजयी भएमा ८ अंक हुनेछ । ८ अंक हुँदा आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्न पाउनेछ ।

पराजित भएमा जिम्बावेले अन्तिम खेलमा वेस्टइन्डिजलाई हराउनु पर्ने हुन्छ । जिम्बावे विजयी भएमा भने स्कटल्यान्डसँगको नतिजा पखर्नु पर्ने हुन्छ । स्कटल्यान्ड पनि ८ अंकमा पुग्न सक्ने समिकरण छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.