default_image

2 years ago

July 2, 2023

विश्वकपमा पुग्न श्रीलंकालाई जिम्बावेको मध्यम लक्ष्य

259 views

0 Bookmark

एजेन्सी – घरेलु टोली जिम्बावेले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा श्रीलंकालाई विश्वकपमा पुग्न १ सय ६६ रनको मध्यम लक्ष्य दिएकोछ । क्विन्स स्पोर्ट्स क्लबम टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावे ३२.२ ओभरमा १ सय ६५ रनमा अल आउट भयो ।

जिम्बावेका सन विलियम्सले ५७ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५६ रनमा आउट भए । सिकन्दर राजा ५१ बलमा ३ चौका र १ छक्कासहित ३१, रायन बर्ल १६ र क्रेग इर्विन १४ रनमा आउट भए । जिम्बावेका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बायाँ हाते तीव्र गतिका बलर दिलशान मदुशानकाले सानदार सुरुवात दिलाएपछि जिम्बावे खेलमा दबाबमा परेको थियो । दीलशानले ओपनर जयलोर्ड गुम्बेले शून्यमा पेभेलिएन फर्काए ।

उनले नै कप्तान इर्विनलाई कुशल मेन्डिसबाट पेभेलिएन फर्काएका थिए । दिलशानकै बलमा युवा ब्याटर वेस्ली वेल्सी मधेभेरे दाशुन शानकाबाट १ रनमा क्याच आउट भएपछि ३०-३ को अवस्थामा पुगेको थियो ।

चौथो विकेटका लागि सिकन्दर राजा र सन विलियम्सले ६८ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । तर राजा शानकाको बलमा मदुशानकाबाट क्याच भएपछि लगातार विकेट गुमाएको थियो ।

श्रीलंकाका स्पिनर महेश थिक्सेनाले ८.२ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दिलशान मदुशानकाले ५ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । पथिसा पाथिरानाले दुई र दाशुन शानकाले समान एक विकेट लिए । श्रीलंका यस खेलमा विजयी भएमा ८ अंक हुनेछ । ८ अंक हुँदा आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्न पाउनेछ ।

पराजित भएमा जिम्बावेले अन्तिम खेलमा वेस्टइन्डिजलाई हराउनु पर्ने हुन्छ । जिम्बावे विजयी भएमा भने स्कटल्यान्डसँगको नतिजा पखर्नु पर्ने हुन्छ । स्कटल्यान्ड पनि ८ अंकमा पुग्न सक्ने समिकरण छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.