default_image

2 years ago

July 2, 2023

जिम्बावेलाई हराउँदै श्रीलंका विश्वकपमा

253 views

0 Bookmark

एजेन्सी – श्रीलंकाले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा घरेलु टोली जिम्बावेलाई ९ विकेटले हराउँदै एक खेल अगावै विश्वकपमा पुगेको छ । सुपर सिक्समा आठ अंक भएपछि श्रीलंकाले यसै वर्ष अन्तिममा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने पक्का भएको हो ।

जितको लागि १ सय ६६ रनको मध्यम विजयी लक्ष्य श्रीलंकाले ३३.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका जितमा पाथुम निसांकाले १ सय २ बलमा १४ चौकासहित १ सय १ रनको सानदार शतकीय इनिङ खेले । टिमलाई जितको लागि दुई रन चाहिँदा जिम्बावेका स्पिनर वेलिंग्टन मसाकाड्जाले पहिलो बल वाइड फ्याँलेका थिए ।

तर दोस्रो बलमा चौका हान्दै निसांकाले आफ्नो शतक पूरा गर्नुको साथै खेल सकाएका थिए । उक्त वाइड फँ्याल्दा उनलाई शतक बनाउन तीन रन चाहिँएको थियो । दिमुथ करुणारत्ने ५६ बलमा २ चौकासहित ३० रनमा आउट भए । पहिलो विकेटका लागि दिमुथर पाथुम निसांकाले १ सय ३ रनको शतकीय साझेदारी गर्दै सहज जित पक्का गराएका थिए ।

त्यसअघि क्विन्स स्पोर्ट्स क्लबम टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावे ३२.२ ओभरमा १ सय ६५ रनमा अल आउट भएको थियो । जिम्बावेका अनुभवी ब्याटर सन विलियम्सले ५७ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५६ रन बनाए । तर त्यो रन जितको लागि पर्याप्त हुन सकेन ।

सिकन्दर राजा ५१ बलमा ३ चौका र १ छक्कासहित ३१, रायन बर्ल १६ र क्रेग इर्विन १४ रनमा आउट भए । जिम्बावेका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । श्रीलंकाको उत्कृष्ट बलिङसामु प्रमुख ब्याटर चल्न नसकेपछि सस्तैमा अल आउट भएको हो ।

बायाँ हाते तीव्र गतिका बलर दिलशान मदुशानकाले श्रीलंकालाई ड्रिम सुरुवात दिलाएका थिए । दीलशानले ओपनर जयलोर्ड गुम्बेले शून्यमा क्याच गराउँदै पेभेलिएनको बाटो देखाएका थिए ।

उनले नै कप्तान इर्विनलाई कुशल मेन्डिसबाट पेभेलिएन फर्काएका थिए । दिलशानकै बलमा युवा ब्याटर वेस्ली वेल्सी मधेभेरे दाशुन शानकाबाट १ रनमा क्याच आउट भएपछि ३०-३ को अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि सिकन्दर राजा र सन विलियम्सले ६८ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । तर राजा शानकाको बलमा मदुशानकाबाट क्याच भएपछि लगातार विकेट गुमाएको थियो ।

श्रीलंकाकाको जितमा स्पिनर महेश थिक्सेनाले ८.२ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दिलशान मदुशानकाले ५ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । पथिसा पाथिरानाले दुई र दाशुन शानकाले समान एक विकेट लिए ।

श्रीलंका सुपर सिक्समा ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रहँदै आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो । श्रीलंकाले आफ्नो अन्तिम खेल शुक्रबार वेस्टइन्डिजसँग खेल्नेछ । उक्त खेलमा पराजित भएपनि अन्तिम दुईमा रहेर श्रीलंका विश्वकप खेल्ने पक्का भएको हो ।

जिम्बावे ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । जिम्बावेले अन्तिम खेलमा मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । उक्त खेलमा जिम्बावे विजयी भएमा विश्वकपमा पुग्नेछ ।

स्कटल्यान्ड स्कटल्यान्ड ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । स्कटल्यान्डले अव मंगलबार जिम्बावे र विहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

यी दुबै खेलमा विजयी भएमा स्कटल्यान्ड विश्वकपमा पुग्नेछ । वेस्टइन्डिज र ओमान जित विहीन हुँदै विश्वकप दौडबाट बाहिरिएका छन् । नेदरल्यान्ड्स भने ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ चौथो स्थानमा छ । नेदरल्यान्ड्सको विश्वकप सम्भावना अंक गणीतिय मात्रै बाँकी छ ।

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

Success

Thank you for your time.