2 years ago
July 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईविरुद्ध निकै खराब ब्याटिङ प्रदर्शन गरेको छ । जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा ६ विकेट गुमाउँदै ७६ रन बनाएको छ ।

नेपालको अन्तिम आशाको रुपमा रहेका दीपेन्द्रसिंह ऐरी १६ बलमा १ चौका र छक्कासहित १३ र गुलशन झा १ रनमा नट आउट छन् । नेपालले दोस्रो ओभरको पहिलो बलमै ओपनर अर्जुन साउदलाई एक रनमा गुमाएको थियो । तीव्र गतिका बलर मोहम्मद जवादुल्लाहले अर्जुनलाई एक रनमा एलबीडब्लू आउट गरे । मार्चपछि पहिलो पटक टोलीमा मौका पाएका ज्ञानेन्द्र मल्ल १३ रनमा क्याच आउट भए ।
तीव्र गतिका बलर जुनैद सिद्दिकको बलमा ज्ञानेन्द्र टप एज लागेर बासिल हामिदबाट समातिन पुगेका थिए । ज्ञानेन्द्रले २२ बलमा २ चौका प्रहार गरे । कप्तान रोहित पौडेल पुन सर्ट बलको शिकार बने । रोहित जवादुल्लाहको सर्ट बलमा एज लागेर विकेटकिपर अर्यांश शर्माबाट रोहित ४ रनमा समातिन पुगेका थिए ।
जवादुल्लाहको बलमा भीम सार्की एज लागेर शर्माबाट १ रनमा क्याच आउट भए । सन्चित शर्माले आरिफ शेखलाई एक रनमा एलबीडब्लू आउट गरेका थिए ।
कुशल भुर्तेल अली नासिरको सर्ट बलमा सन्चित शर्माबाट क्याच आउट भएपछि नेपाल २०.५ ओभरमा ६३(६ को दयनीय अवस्थामा पुगेको थियो । कुशल भुर्तेल ५९ बलमा ४ चौकासहित ३५ रनमा आउट भए ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]