2 years ago
July 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोटको अन्तिम खेल टेस्ट टोली आयरल्यान्डसँग खेल्ने भएको छ । नेपालले सातौं स्थानको लागि भएको सेमिफाइनल खेलमा युएईलाई तीन विकेटले हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको हो ।

नेपाल र आयरल्यान्डबीचको खेल मंगलबार हुनेछ । सातौं स्थानको लागि नेपालले आयरल्यान्डसँग खेल्नेछन् । प्लेअफ सेमिफाइनमा अमेरिकालाई हराउँदै आयरल्यान्डले सातौं स्थानको लागि आफ्नो स्थान पक्का गरि सकेको छ ।
नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि सुपर सिक्समा पुग्न सकेको थिएन ।
उता आयरल्यान्ड पनि ४ खेलमा ३ मा हार र १ मा जितससहित चौथो स्थानमा रहेर समूह बी बाट बाहिरिएको थियो । नेपालले ओडिआईमा आयरल्यान्डसँग पहिलो पटक खेल्ने छ । आयरल्यान्ड समूह चरणमा ओमानसँग पाँच विकेट, स्कटल्यान्डसँग एक विकेट, श्रीलंकासँग १ सय ३३ रनले पराजित भएको थियो ।
आयरल्यान्डले युएईलाई १ सय ३८ रनले हराएको थियो । आयरल्यान्डले प्लेअफ खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले एक समय ६३-६ को अवस्थाबाट खेलमा पूनरागमन गर्दै ४३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्रले ७९ रनको एक यादगार इनिङ खेले ।
उक्त पूरा समाचार यहाँ पढ्नुहोस् : दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा नेपालले युएईलाई हरायो
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]