2 years ago
July 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले मलेसियामा जारी एसिसी यू-१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा आज सिंगापुरसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ : १५ मा बायोमास ओभल क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल समूह ए को विजेता र सिंगापुर समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले समूह चरणमा थाईल्यान्डलाई २ सय २५ रन र मलेसियालाई ८४ रनले हराएको थियो ।
उता सिंगापुरले इन्डोनएसियालाई १ सय ४ र माल्दिभ्सलाई २ सय ४५ रनले हराएको थियो । सिंगापुर हङकङसँग भने ७ विकेटले पराजित भएको थियो ।
थाईल्यान्डलाई हराउन नेपालका ओपनर निरज यादले ७४ रन बनाउदा स्पिनर सन्तोष यादवले पाँच विकेट लिएका थिए । मलेसियालाई हराउन अशोक धामीले ५२ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । नेपालका ओपनर निरज यादव र सुर्यांशु कोइराला प्रमुख ब्याटर हुन् ।
नरेन भट्टले पनि दुबै खेलमा राम्रो प्रदर्शन गरेका छन् । कप्तान अभिषेक तिवारी र प्रतिक पोखरेल तीव्र गतिका बलर हुन् । नेपालको टोली सन्तुलित देखिएको छ । उता सिंगापुरका श्रेयान चयौ २ खेलमा १ शतक र १ अर्धशतकसहित २सय ७ रन बनाएका छन् ।
उनको विकेट नेपालको लागि निकै महत्वपूर्ण हुने देखिन्छ । उनले माल्दिभ्सविरुद्ध १ सय २९ रनको शतकीय इनिङ खेलेका थिए । त्यस्तै रोशन रविचन्द्रन, रियान नैक र हरि हारयानले पनि यस प्रतियोगितामा राम्रो ब्याटिङ गरेका छन् । हर्ष वेंकटराम सिंगापुरका प्रमुख बलर हुन् ।
त्यस्तै अर्को सेमिफाइनल खेलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल मंगलबार हुनेछ । यदि नेपाल सेमिफाइनलमा पराजित भएमा तेस्रो स्थानको लागि मंगलबार नै प्रतिस्पर्धा गर्नेछ ।
November 14, 2025
हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]