default_image

1 year ago

July 3, 2023

नेपालले उपाधिको लागि मलेसियासँग खेल्ने

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू-१६ इस्ट जोन कपको फाइनलमा मलेसियासँग खेल्ने भएको छ । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रन तथा मलेसियाले हङकङलाई ७८ रनले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

नेपाल र मलेसियाबीचको फाइनल खेल मंगलबार हुनेछ । समूह चरणमा नेपालले थाईल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले हराउँदै सेमिफाइनल खेलेको थियो ।

सेमिफाइनल खेलमा मलेसियाले दिएको १ सय ५६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको हङकङ १९.३ ओभरमा ७७ रनमा अल आउट भयो । हङकङका ओपनर आर्य पांज्वानीले ४५ बलमा १ चौकासहित ३१ र आरेज डारले १७ रन बनाए ।

अन्य कुनैपनि हङकङका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियाका तीव्र गतिका बलर मोहम्मद अक्रमले ५.३ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ४ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मलेसिया ३१ ओभरमा १ सय ५५ रनमा अल आउट भएको थियो । मलेसियाका मोहम्मद अक्रमले ३२ बलमा ४ चौका र १ छक्कासहित ३७ रनको योगदान दिए । हङकङका शिव मथुरले सर्वाधिक तीन विकेट लिए ।

यो पनि : सिंगापुरलाई हराउँदै नेपाल फाइनलमा

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.