default_image

1 year ago

July 3, 2023

ओमानमाथि सानदार जितसँगै नेदरल्यान्ड्सको विश्वकप सम्भावना कायमै

180 views

0 Bookmark

एजेन्सी – ओपनर विक्रमजितको शतक र वेस्ली ब्यारेसीको उत्कृष्ट ब्याटिङमा नेदरल्यान्ड्सले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा ओमानलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७४ रनले पराजित गरेको छ । यो जितसँगै नेदरल्यान्ड्सले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप सम्भावना कायमै राखेको छ ।

जितको लागि ३ सय ६३ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४४ ओभरमा २४६–६ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । ओमानका आयन खान ९२ बलमा ११ चौका र २ छक्कासहित १ सय ५ रनमा नट आउट रहेपनि त्यो जितको लागि पर्याप्त हुन सकेन । आयन खानको यो पहिलो शतक हो ।

शोएब खान ६१ बलमा ५ चौकासहित ४६, कश्याप प्रजापति २५, जतिन्दर सिंह १७ र कार्यवाहक कप्तान अकिब इलियास ४ रनमा आउट भए । नियमित कप्तान जिशान मकसुद घाइते हुँदा अकिबले खेलमा कप्तानी गरेका थिए । नेदरल्यान्ड्सका स्पिनर आर्यन दत्तले १० ओभरमा ३१ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । रायन केलिनले दुई विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ४८ ओभरमा ७ विकेट गुमाउँदै ३ सय ६२ रन बनायो । नेदरल्यान्ड्सका ओपनर विक्रमजित सिंह १ सय ९ बलमा ११ चौका र २ छक्कासहित १ सय १० रनको शतकीय इनिङ खेले । करिअरको पहिलो शतक प्रहार गरेका उनी खेलको प्लेयर अफ द म्याच चुनिए ।

वेस्ली ब्यारेसी ६५ बलमा १० चौका र ३ छक्कासहित ९७ रनमा आउट भए । बिलाल खानको बाउन्सर बलमा एज लागेर विकेटकिपर सुरज कुमारबाट क्याच आउट भएपछि शतक बनाउन तीन रनले चुकेका थिए ।

पहिलो विकेटका लागि म्याक्स ओडाउड र व्रिकमजितले १ सय १७ रनको सानदार शतकीय साझेदारी गरेका थिए । उडाउड ६४ बलमा १ चौका र १ छक्कासहित ३५ रनमा आउट भए ।

प्रमुख अलराउन्डर बासि डि लिडले १९ बलमा ५ चौका र १ छक्कासहित ३९ तथा सकिब जुलफिकर १७ बलमा ३ चौका र २ छक्कासहित ३३ रन बनाए । ओमानका बिलाल खानले १० ओभरमा ७५ रन खर्चेर ३ विकेट लिए । मोहम्मद नदिमले दुई, फैयाज बट र आयन खानले समान एक विकेट लिए ।

नेदरल्यान्ड्स ४ खेलमा २ मा जित र २ मा हारका साथ ४ अंकका साथ चौथो स्थानमा छ । नेदरल्यान्ड्सले अन्तिम खेल बिहीबार स्कटल्यान्डसँग खेल्नेछ । उक्त खेलमा नेदरल्यान्ड्स विजयी हुँदा ६ अंक हुनेछ । तर ६ अंक भने विश्वकप खेल्न पर्याप्त हुनेछैन । ६ अंकका साथ विश्वकप खेल्न उता स्कटल्यान्डले मंगलबार जिम्बावेलाई पनि हराउनु पर्ने हुन्छ । जिम्बाले हार्दा र अन्तिम खेलमा नेदरल्यान्ड्स विजयी हुँदा तीन टोलीको समान ६ अंक हुनेछ । यो अवस्थामा नेटरनरेटमा माथि रहँदै नेदरल्यान्ड्सले विश्वकप खेल्न सक्छ ।

श्रीलंका ४ खेलमा ८ अंकका साथ विश्वकपमा पुगेको छ । जिम्बावे ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । मंगलबार स्कटल्यान्डलाई हराउन सके जिम्बावे विश्वकपमा पुग्नेछ ।

अन्यथा अन्य टोली र नेटरनरेटमा निर्भर पर्नेछ । स्कटल्यान्ड ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अंकका साथ तेस्रो स्थानमा छ । ४ खेलमा जित विहीन बनेका ओमान र तीन खेलमा जित निकाल्न नसकेको वेस्टइन्डिज विश्वकप दौडबाट बारि सकेका छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.