default_image

2 years ago

July 4, 2023

नेपालले उपाधिको लागि मलेसियासँग खेल्दै

403 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू-१६ इस्ट जोन कपको फाइनलमा आज मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ ः १५ मा मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रन तथा मलेसियाले हङकङलाई ७८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

समूह चरणमा नेपालले थाईल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले हराउँदै सेमिफाइनल खेलेको थियो ।

मलेसियाका तीव्र गतिका बलर मोहम्मद अक्रम र मोहम्मद मुकरी नेपाललाई घातक बन्न सक्छन् । यी दुई बलरले मलेसियाको टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । अक्रम अलराउन्डर हुन् । मलेसियालाई फाइनलमा पुर्याउन उनले सेमिफाइनल खेलमा हङकङलाई ७७ रनमा अल आउट गर्न ४ विकेट लिनुको साथै ३७ रन बनाएका थिए ।

नेपालका निरज यादव, सुर्यांश कोइराला र नरेन भट्टले राम्रो प्रदर्शन गर्दै आएका छन् । समूह चरणमा मलेसियाविरुद्ध अशोक धामीले ५२ रन बनाउनुको साथै ४ विकेट लिएका थिए ।

अभिषेक तिवारी नेपालका प्रमुख तीव्र गतिका बलर हुन् । उनको गतिको चाल पाउन कठिन पर्न सक्छ । तिवारीले गतिको धुुनमा वाइड भने रोक्नु पर्ने हुन्छ । स्पिन नेपालको मुख्य हतियार हो । स्पिनर सन्तोष यादव, अशोक धामी, कार्तिक कामत, नरेन भट्ट लगायत बलर छन् ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.