default_image

1 year ago

July 4, 2023

आयरल्यान्डलाई स्तब्ध पार्ने सोचमा नेपाल

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि आज टेस्ट टोली आयरल्यान्डविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ मा ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा सुरु हुनेछ ।

यस खेलको विजेता सातौं र पराजित हुने टोली आठौं स्थानमा रहेर विश्वकप छनोट अन्त्य गर्नेछन् । नेपालले ओडिआईमा आयरल्यान्डसँग पहिलो पटक खेल्न लागेको हो । नेपाल पहिलो भेटमै सानदार प्रदर्शनमा साथ आयरल्यान्डलाई स्तब्ध पार्न चाहन्छ ।

उता सुपर सिक्समा पुग्न नसकेको आयरल्यान्ड नेपालमाथि सहज जित निकाल्ने सोचमा हुनेछ । समूह चरणमा आयरल्यान्डलाई ओमान र स्कटल्यान्डले हराएको हुँदा नेपालको पनि मनोबल उच्च छ । नेपालले हालसम्म कुनैपनि खेलमा टेस्ट टोलीलाई हराएको छैन । नेपाल त्यो इतिहास लेखाउन हरप्रयास गर्नेछ ।

नेपालको रोहित पौडेल र आयरल्यान्डको एन्डी बालबर्नीले कप्तानी गर्नेछन् । नेपालले युएईविरुद्ध आसिफ शेख, कुशल मल्ल र ललित नारायण राजवंशीलाई विश्राम दिएको थियो । आजको खेलमा नेपालले अर्जुन साउदलाई बेन्चमा राख्दै आसिफ शेखलाई टोलीमा फर्काउन सक्छ । ज्ञानेन्द्र मल्ललाई भने नेपालले निरन्तरता दिने सम्भावना छ । अनुभवी खेलाडी हुँदा टेस्ट टोलीविरुद्ध निरन्रता दिनसक्छ ।

प्रतिश जि.सीको ठाउँमा नेपालले किशोर महतोलाई मौका दिनसक्ने सम्भावना छ । किशोर तीव्र गतिका बलर हुन् । उनी डेथ ओभरमा राम्रो प्रदर्शन गर्ने गर्दछन् । नेपालको टोलीमा अन्य परिवर्तन गर्ने सम्भावना छैन । युएईविरुद्ध एक समय ६३-६ को अवस्थाबाट ७९ रनको इनिङ खेल्दै जित दिलाएका दीपेन्द्रसिंह ऐरीबाट नेपाल ठूलो अपेक्षा गर्दछ ।

नेपालका सबै ब्याटरले विश्वकप छनोटमा सर्ट बल र बाउन्सरमा संघर्ष गरेका छन् । आयरल्यान्डले सर्ट बलको प्रयास गर्न सक्छ । मार्क आदिर, क्रेग योंग र ब्यारी म्याकार्थी आयरल्यान्डका प्रमुख तीव्र गतिका बलर हुन् । यी तीन बलरबाट सर्ट बलमा नेपाली ब्याटर जोगिन सके राम्रो योगफल बनाउन सक्छन् ।

कुशल भुर्तेल, रोहित पौडेल र आरिफ शेख नेपालका प्रमुख ब्याटर हुन् । रोहितले विश्वकप छनोटमा अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन् । लगातार सर्ट बलमा आउट हुँदै आएका छन् । सर्ट बलमा रोहितले धेरै मिहिनेत गर्नुपर्ने हुन्छ ।

स्पिनर सन्दीप लामिछाने नेपालका प्रमुख बलर हुन् । उनीबाट ठूलो टोलीविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ । तीव्र गतिका बलरमा करण केसीले नयाँ बलका साथ उच्च प्रदर्शन गर्दै आएका छन् । करणलाई गुलशन झा र सम्भव त किशोर महतोले साथ दिनेछन् । पार्टटाइममा दीपेन्द्र स्पिनरको रुपमा हुनेछन् ।

उता आयरल्यान्डका ओपनर पल स्टरर्लिङ प्रमुख हतियार हुन् । उनको विकेट निकै महत्वपूर्ण हुनेछ । उनी टिकेको खण्डमा भने एक्लै खेल जिताउन सक्छन् । उनी विष्फोटक ब्याटर हुन् । कप्तान एन्डी बालबर्नीले यस प्रतियोगितामा राम्रो खेल्न सकेका छैनन् । उनीलाई पनि राम्रो प्रदर्शनको दबाब छ ।

युवा ब्याटर ह्यारी टेक्टरको प्रदर्शन आयरल्यान्डलाई महत्वपूर्ण हुनेछ । मध्यक्रमका खम्बा उनीबाट आयरल्यान्ड ठूलो इनिङ चाहन्छ । जर्ज डोकरेल र कर्टिस क्याम्फर भने राम्रो लयमा छन् ।

नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि सुपर सिक्समा पुग्न सकेको थिएन ।

उता आयरल्यान्ड पनि ४ खेलमा ३ मा हार र १ मा जितससहित चौथो स्थानमा रहेर समूह बी बाट बाहिरिएको थियो । आयरल्यान्ड समूह चरणमा ओमानसँग पाँच विकेट, स्कटल्यान्डसँग एक विकेट र श्रीलंकासँग १ सय ३३ रनले पराजित भएको थियो ।

आयरल्यान्डले युएईलाई १ सय ३८ रनले हराएको थियो । आयरल्यान्डले प्लेअफ खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले टि२० आईमा आयरल्यान्डसँग तीन खेल खेलेको छ । तीनै खेलमा नेपाल हार्न पुगेको छ ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

१० आयरल्यान्डको टोली :

एन्ड्रयू बालबिर्नी (कप्तान), मार्क आदिर, कर्टिस क्याम्फर, ग्यारेथ डेलानी, जर्ज डोकरेल, ग्राहम ह्यूम, जोश लिटिल, एन्डी म्याकबर्नी, ब्यारी म्याककार्थी, पिटर मुर, पल स्टर्लिङ, ह्यारी टेक्टर, लोर्कान टर्कर, बेन ह्वाइट र क्रेग योंग ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.