default_image

1 year ago

July 4, 2023

नरेनको सानदार शतकमा नेपालको विशाल योगफल

321 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याटर नरेन भट्टको सानदार शतकमा नेपालले एसिसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा घरेलु टोली मलेसियालाई २ सय ५३ रनको विशाल लक्ष्य दिएको छ । बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८विकेट गुमाउँदै २ सय ५२ रन बनायो ।

नेपालका नरेन भट्ट ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेले । उनले ८२ बलमा शतक पूरा गरेका थिए । उनी जारी प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

नेपालका ओपनर निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भए । निरज मोहम्मद फथुल मुइनको बलमा एलबीडब्लू आउट भएका हुन् । दोस्रो विकेटका लागि निरज र नरेन भट्टले ५५ बलमा ५५ रनको साझेदारी गरेका थिए ।

नेपाललाई ओपनर सुर्यांशु कोइराला र निरज कुमारले पहिलो विकेटका लागि ७.२ ओभरमा ४१ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । सुर्यांशु तीव्र गतिका बलर एरिन अकिलको बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर हम्जा पांगीबाट समातिन पुगे । सुर्यांशुले २३ बलमा २ चौकासहित १८ रन बनाए । सन्तोष यादव २९, अशोक धामी ११ र दिपु कुमार ५ रनमा आउट भए ।

मलेसियाका मोहम्मद अक्रमले ७ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.