2 years ago
July 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि टेस्ट टोली आयरल्यान्डविरुद्ध टस हारेकोछ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा भर्खर सम्पन्न टसमा आयरल्यान्डका कप्तान एन्डी बालबर्नीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि सुपर सिक्समा पुग्न सकेको थिएन ।
उता आयरल्यान्ड पनि ४ खेलमा ३ मा हार र १ मा जितससहित चौथो स्थानमा रहेर समूह बी बाट बाहिरिएको थियो । आयरल्यान्ड समूह चरणमा ओमानसँग पाँच विकेट, स्कटल्यान्डसँग एक विकेट र श्रीलंकासँग १ सय ३३ रनले पराजित भएको थियो ।
आयरल्यान्डले युएईलाई १ सय ३८ रनले हराएको थियो । आयरल्यान्डले प्लेअफ खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले टि२० आईमा आयरल्यान्डसँग तीन खेल खेलेको छ । तीनै खेलमा नेपाल हार्न पुगेको छ ।
नेपालको सम्भावित प्लेइङ ११ ः
अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, किशोर महतो र सन्दीप लामिछाने ।
June 18, 2025
एजेन्सी – अस्ट्रेलियाको बिग बास लिग(बिबिएल) को ड्राफ्टमा नेपालका ६ क्रिकेटर अटाएका छन् । बिबिएलको १५औं संस्करणमा नेपालका ६ खेलाडी समावेश भएका बिबिएलले जनाएको छ । यस संस्करणको बिबिएल ड्राफ्ट बिहिबार हुनेछ । बिबिएल ड्राफ्टमा सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, अर्जुन साउद, विपिन शर्मा र आरिफ शेख रहेका छन् । नेपालबाट सन्दीपले मात्र बिबिएल […]
June 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले हराएको छ । सिरिजमा नेपालको यो पहिलो जित हो । स्कटल्याण्डले प्रस्तुत गरेको ९८ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा अन्तिम ओभरमा पूरा गरेको हो । यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । […]
June 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोलीबाट ९८ रनको सामान्य लक्ष्य प्राप्त गरेको छ । नेपालका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्याण्ड १९.४ ओभरमा मात्र ९७ रनमा अलआउट भएको हो । लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चिए । सन्दीपले पावरप्लेमा अन्य बलरले […]