default_image

1 year ago

July 4, 2023

टेस्ट टोली आयरल्यान्डविरुद्ध नेपालको राम्रो ब्याटिङ

163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि भएको प्रतिस्पर्धामा टेस्ट टोली आयरल्यान्डविरुद्ध मध्यम ब्याटिङ सुरुवात गरेको छ ।

जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाउँदै ८३ रन बनाएको छ । नेपालका ओपनर अर्जुन साउद ६१ बलमा ३ चौका र २ छक्कासहित ३९ रनमा नट आउट छन् । उनलाई रोहित पौडेलले २८ बलमा २ चौकासहित २१ रनमा साथ दिएका छन् ।

नेपाललाई ओपनर कुशल भुर्तेल र अर्जुन साउदले पहिलो विकेटका लागि ८.१ ओभरमा २७ रन बनाउँदै मध्यम सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर क्रेग यौंगको बलमा कुशल भुर्तेल ८ रनमा समातिन पुगे ।

कुशलले १९ बलमा २ चौका प्रहार गरे । ज्ञानेन्द्र मल्ल १३ बलमा १ चौकासहित ७ रनमा आउट भए । उनी क्रेग योंगको बलमा एज लागेर विकेटकिपर लोर्कान टकरबाटनै क्याच आउट हुन पुगे ।

नेपालले आज टोलीमा दुई परिवर्तन गरेको छ । नेपालले प्रतिश जि.सी र आरिफ शेखलाई बेन्चमा राखेको छ । नेपालले कुशल मल्ल र किशोर महतोलाई मौका दिएको छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.